Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ओलीकाे सपना पूरा हुँदै , पाईपलाईनबाट डिजेल

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 31, 2024
6 shares

काठमाडौं । जमिनमुनिबाट सिधैं डिजेल र पेट्रोल नेपालको तेल भण्डारण केन्द्रसम्म ल्याउने कुरा ७–८ वर्षअघिसम्म ‘हावादारी’ भन्ने गरिन्थ्यो । तर, जमिनमुनिबाटै नेपालको तेल भण्डारण केन्द्र अर्थात् बारा अमलेखगन्ज डिपोसम्म पाइपबाटै डिजेल ल्याउन सुरु गरिएको पाँच वर्ष भएको छ ।

‘पाइपबाट ग्याँस र पाइपबाट तेल’ भन्ने सुन्दा केहीले यो ‘असम्भव’ भनी उडाए । पानीजहाजको कुरामा अझै उडाउँदै छन् । तर, दीर्घकालीन सोच र भिजनसहित काम गर्ने हो भने सम्भव छ भन्ने गतिलो उदाहरण नेपालीले देख्नै नपाउने भन्ने हुन्न ।

पाइपबाट डिजेल मात्र नभई दोस्रो चरणअन्तर्गत पेट्रोल पनि पाइपबाटै ल्याउने तयारी धमाधम भइरहेको छ । अब करिब दुई–तीन महिनाभित्र जमिनमुनिदेखि पाइपबाटै नेपालको अमलेखगन्ज डिपोमा पेट्रोल ‘रिसिभ’ गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

नेपाल आयाल निगम लिमिटेड मधेस प्रादेशिक कार्यालयका प्रमुख प्रलयंकर आचार्यका अनुसार २४ भदौ २०७६ बाट डिजेल ल्याउन सुरु गरिएको थियो । सोही पाइपबाट अलि फरक प्रविधि प्रयोग गरेर पेट्रोल पनि ल्याउने तयारी भइरहेको उनले बताए ।

भारत मोतिहारी–रक्सौल हुँदै नेपालको वीरगन्ज अमलेखगन्जसम्म कुल ६८ दशमलव ९ किलोमिटर लम्बाई छिचोल्दै जमिनमुनि पाइपबाटै डिजेल ल्याइएको नेपाल आयाल निगम मधेस प्रादेशिक कार्यालयका प्राविधिक तथा सहायक इन्जिनियर एवं प्रवक्ता प्रशान्त भट्टराई बताउँछन् ।

अन्तरदेशीय सीमा पार गरी पाइपलाइनबाट पेट्रोलियम पदार्थ नेपाल आएको दक्षिण एसियामै पहिलो भएको उनको दावी छ । नेपालतर्फ कुल ३६ दशमलव २ किलोमिटर र भारततर्फ ३२ दशमलव ७ किलोमिटर दूरीमा जमिनमुनि ८ फिट ३ इन्चभित्रसम्म पाइप गाडिएको छ ।

यो कार्य युद्धस्तरमा भइरहेकै समय नेपालतर्फका विज्ञ अर्थात् इन्जिनियर शरद पौडेलले पनि पुष्टि गरेका थिए । जमिनमुनि गाडिएका पाइप ‘५ एल ६०–एपीआई’ ग्रेडका १ हजार ४ सय ८ फलामे पाइप भएको प्राविधिकले नै पुष्टि गरेका थिए ।

यो योजना १५ महिनाको अवधिमा सक्नेगरी २०७४ पुसबाट फिल्ड सर्वे सुरु गरिएको थियो । जमिनमा गाड्ने गरी काम सुरु २०७५ वैशाखबाट भएको हो । तर, नेपालतर्फ ९ किलोमिटर दूरीमा सिमरादेखि अमलेखगन्जसम्म जंगल परेकाले त्यहाँका केही रुख हटाउनुपर्ने वन नियमले सरकारको निर्णय र प्रक्रियाले दुई महिनामै सकेको नेपालकै ठूला योजनामध्ये नमूना काम थियो ।

 

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

खाद्य सार्वभौमिकता र खाद्य सुरक्षामा अध्ययनलाई निरन्तरता दिनुप...

  • July 23, 2026

नेकपाकालाई छोडेर नेता कार्यकर्ताले श्रम संस्कृति पार्टीलाई रोजे

  • July 23, 2026

अमेरिकामा नेपाली करातेको ऐतिहासिक उपलब्धि: सिहान शान्त थोकर सा...

  • July 23, 2026

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved