Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बजार व्यवस्थापन समिति धरमपुरद्वारा आय-व्याय सार्वजनिक

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 14, 2024
72 shares

झापा। धरमपुर बजार व्यवस्थापन समितिले शनिबार आय-व्यायसहितको बार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ ।
धरमपुर चौकस्थित सार्वजनिक सौचालयसहितको मिनी पार्कमा बजार व्यवस्थापन समितिले आर्थिक वर्ष २०८०। ८१ को आय-व्यायको बिबरण सहितको प्रतिवेदन सार्वजनिक गरेको हो ।

बजार व्यवस्थापन समितिका अध्यक्ष लीलाबहादुर जोशीले आर्थिक बर्ष २०८०। ८१ मा कुल आम्दानी रु १०,०४७२६.८२ र खर्चतर्फ रु ५,५६,७९९ भएको प्रतिवेदनमा उल्लेख गर्नुभएको छ भने बचत तर्फ रु ४,४७९२७.८२ पेैसा बिबरणसहितको प्रतिवेदन सार्वजनिक गर्नुभएको छ ।

बजार व्यवस्थापन समितिको आयतर्फ सार्वजनिक सौचालयबाट रु ३,६००, कमल खोलाको बालुवा विक्रीबाट रु ९,७८०००, अघिल्लो वर्षको कोष रु १२,२५०, आर्थिक वर्षको ब्याज बापत रु १०,८७६.८२ सहितको बिबरण प्रतिवेदनमा सार्वजनिक गरिएको छ ।

यसैगरी, खर्चतर्फ सार्वजनिक सौचालय तथा मिनी पार्क व्यवस्थापन बापत रु १,०७,४२३, साप्ताहिक हाटबजार टहरा निर्माण तथा मर्मततर्फ रु २९,०३०, सडक निर्माणमा रु १,१५,९३०, बजार क्षेत्रमा रात्रीकालिन बिजुली जडानमा रु ५५,२९२, तटबन्धनका लागि रु ६५,८३२, स्थानीय सडकको स्तरउन्नतीमा रु ६०,४००, कर्मचारी वापत रु १,१३,५००, रात्रीकालिन बिजुली वापतको महशुल रु ४,३१७ र अन्य खर्च रु ५,०७५ उल्लेख गरिएको छ ।

धरमपुर बजार व्यवस्थापन समितिका अध्यक्ष लीलाबहादुर (कुमार) जोशीको अध्यक्षतामा र कोशी प्रदेश सभाका सदस्य माननीय सांसद राधाकृष्ण खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा शिबसताक्षी–१ का वडाध्यक्ष लक्ष्मी चेम्जोङ, धरमपुर बजार व्यवस्थापन समितिका सल्लाहकार  संयोजक तथा धरमपुरका पुराना नेता चन्द्रवीर नेम्बाङ, धरमपुर खानेपानी तथा सरसफाई उपभोत्ता समितिका अध्यक्ष नारायण थापा, डुडामारी बजारका ब्यबसायी कमल तामाङ, माधव भण्डारी, धरमपुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुमार शकंर, साथी बहुदे्रश्यीय सहकारी संस्थाका अध्यक्ष दिल सेरेङ, हातेमालो कृषि सहकारी संस्थाका कोषाध्यक्ष ट्ङ्क  न्यौपाने लगायतको उपस्थिति थियो ।

त्यस्तैं, कार्यक्रममा नेकपा (माओवादी केन्द्र) शिबसताक्षी १ वार्ड कमिटी अध्यक्ष चन्द्र कँडेल, नेकपा (एमाले) शिबसताक्षी–१ वार्ड कमिटी अध्यक्ष अर्जुन चाम्लिङ राई, पत्रकार अनिलदेब राई, पत्रकार किशोर राई,शिक्षक पुर्ण लकान्द्री, शिक्षिका सरिता चेम्जोङ, साहित्यकार निहाङ किराती, बिकेक सुनुवारलगायत स्थानीय संघ-संस्थका प्रतिनिधिहरु, स्थानीय जनप्रतिनिधिहरु, पूर्व जनप्रतिनिधिहरु, धरमपुर बजार व्यवस्थापन समितिका पदाधिकारीहरु र सदस्यहरुको समेत उपस्थिति थियो ।

बजार व्यवस्थापन समितिका उपाध्यक्ष देउबहादुर चेम्जोङले शब्दद्धारा स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सञ्चालन बजार व्यवस्थापन समितिका सचिव तथा व्यवसायी मोहन सेन्चिउरीले गर्नुभएको थियो ।

धरमपुर बजार व्यवस्थापन समितिले बैदेशिक रोजगारको शिलशिलामा बिभिन्न मुलुकहरुमा छरिएर रहेको युवाहरुको साझा प्रयत्नबाट सङ्कलित रकम बाट धरमपुर चौकमा अपाङ्ग मैत्री सौचालय निर्माणकार्य सम्पन्न गरिसकेको छ । हाल, सो सौचालयले सेवा सञ्चालन गरिरहेको छ । सौचालयको आसपासका क्षेत्रमा मिनी पार्क निर्माणकार्य सुरु गरेको छ । सो पार्कमा बालबालिकाहरुका लागि पिङ लगायतका खेलौना खेल सामाग्रीहरु राखिएको छ ।

त्यसैगरी, पार्कमा बिश्व बातबरण दिवसको अवसर पारेर विभिन्न जातका फलफूलका विरुवाहरु रोपिएको छ । धरमपुर बजार व्यवस्थापन समितिले प्रत्यके शनिबार बिहानको समयमा पार्कमा विभिन्न जातका विरुवाहरु रोप्ने अभियानका रुपमा कार्यक्रम संञ्चालन गरिरहेको छ ।

सोही, पार्कभित्रै व्यवस्थित ब्याडमिन्टन तथा भलिबल खेल मैदान समेत निर्माण गरिरहेको धरमपुर बजार व्यवस्थापन समितिका अध्यक्ष जोशीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

खाद्य सार्वभौमिकता र खाद्य सुरक्षामा अध्ययनलाई निरन्तरता दिनुप...

  • July 23, 2026

नेकपाकालाई छोडेर नेता कार्यकर्ताले श्रम संस्कृति पार्टीलाई रोजे

  • July 23, 2026

अमेरिकामा नेपाली करातेको ऐतिहासिक उपलब्धि: सिहान शान्त थोकर सा...

  • July 23, 2026

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved