Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेकपा एसको बैठकमा केन्द्रीय सदस्यको खोजी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 3, 2024
3 shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पछिल्लो केन्द्रीय कमिटी बैठकमा सदस्यहरुले उठाएको लगभग साझा प्रश्न थियो–केन्द्रीय कमिटीका लगभग आधा सदस्य कता गए ?

साढे ३ सय सदस्यीय केन्द्रीय कमिटीमध्ये पछिल्लो बैठकमा डेढ सयजति मात्र उपस्थित भएपछि अरु कहाँ गए ? छाडेर जानेहरुको विवरण अध्यावधिक किन गरिएन भन्ने प्रश्न उठेको केन्द्रीय सदस्य गम्भीरलाल श्रेष्ठले पुष्टि गरे ।

गत जेठ पहिलो साता सम्पन्न पार्टीको केन्द्रीय कमिटी बैठकमा आधाजसो सदस्य अनुपस्थित भएको सन्दर्भले नेकपा एसभित्र नेतृत्व तहमै पार्टी बन्दैन भन्ने निराशा छाएको टिप्पणी बैठक परिसरमै भएको थियो ।

कतिपय नेताले त ‘अब यो पार्टी माधव नेपाल प्रधानमन्त्री बन्ने वा नबन्नेसँग यसको अस्तित्व जोडिएको छ’ भन्नसमेत भ्याए । अलग्गै पार्टीको अस्तित्व कायम रहन्छ भन्नेमा नेकपा एसका नेताहरुमा समेत विश्वास छैन ।

राजनीतिक दल सम्बन्धी ऐनको ‘विभाजनबाट बनेको दल ५ वर्षभित्र विभाजित हुन नसक्ने’ दफाका कारण नेकपा एस पछिल्लोपटक जसपासँगै विभाजनबाट जोगिएको छ । नत्र बहुमत सांसदहरु नै विभाजनको तयारीमा रहेको नेकपा एसका सबै नेताहरुलाई थाहा छ ।

नेकपा एसले असार अन्तिम साता महाधिवेशनको मिति तोकिसकेको छ । राष्ट्रिय पार्टी बन्न नसकेको एसको जनमत यो अवधिमा थप कमजोर बनेको इलाम र बझाङको उपचुनावले पनि पुष्टि गरिसकेको छ ।

यो अवस्थामा थप निराशा चिर्न महाधिवेशनले केही नयाँ नीति र कार्यदिशा लिने नेताहरुको दावी छ । नेकपा एसका महासचिव घनश्याम भुसालले असारको महाधिवेशनबाट आफ्नो पार्टीले नेपालको कम्युनिस्ट आन्दोलन र समाजवादी कार्यदिशामा नयाँ अध्याय थाल्ने दावी गरेका छन् ।

यद्यपी नेता कार्यकर्ताको पलायन भने रोकिएको छैन । नेकपा एस स्थापनाको तीन वर्ष नपुग्दै ४४ केन्द्रीय सदस्य र २० जिल्लाका अध्यक्ष एमालेमा फर्किसकेका छन् । अरु केही निष्क्रिय बसेका छन् । केहीले राजीनामा दिएर हिँडेका छन् ।

नेकपा एस निर्माणदेखि पछिल्लो महिनासम्म केन्द्रीय नेता र जिल्ला कमिटीहरु नै एमालेमा समाहित भइरहेका छन् । कतिपय नेता कार्यकर्ता एमालेमा फर्किएर पनि दोस्रो दर्जाको व्यवहार हुने भनेर पार्टीगतरुपमै समाहित हुने समय समेत पर्खेर बसेका छन् ।

हालसम्म वरिष्ठ नेता मुकुन्द न्यौपाने, उपाध्यक्ष केदार न्यौपाने, सचिव भागवत विश्वासीसहित ४४ जना केन्द्रीय सदस्य एमालेमा फर्किएको नेकपा एसको रेकर्डमा देखिन्छ । जिल्ला अध्यक्षहरुको संख्या पनि २० पुगेको छ । त्यसभन्दा तलको रेकर्ड छैन ।

केन्द्रीय सदस्य रिक्त रहेको ठाउँमा केही पूर्ति गरिएको छ भने जिल्ला अध्यक्षले छाडेका ठाउँमा अरुलाई जिम्मा दिइएको छ । महाधिवेशनपछि पार्टीमा नयाँ उर्जा आउने र अहिलेको कतिपयमा देखिएको निराशा अन्त्य हुने दावी पोलिटव्यूरो सदस्य होम बुढाथोकीको छ । एमालेमा फर्किएकाहरुको त्यहाँ झनै विचल्ली र पश्चातापको अवस्था रहेको उनले बताए ।

मकवानपुर जिल्ला अध्यक्ष छाडेर एमालेमा फर्किएका श्रीधर पोखरेल ठिक २ वर्षपछि सोमवार एमालेको जिल्ला अध्यक्ष निर्वाचित भएका छन् । त्यस्तै स्यांजाको अध्यक्षबाट एमालेमा फर्किएका आरसी भट्टराई एमालेको जिल्ला सचिव निर्वाचित भएका छन् ।

केहीले पार्टी विभाजनलगत्तै एमाले फर्किएर सांसद नै जित्न सफल भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको ...

  • September 14, 2026

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

  • September 14, 2026

‘यसपटक तीजमा मन हाँसेको छैन’— विपत्तिको पीडाबीच हेटौँडा मेयर म...

  • September 14, 2026

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved