Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

विपक्षी मोर्चामा तत्काल नजाने माधवको मुड

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 2, 2024
file photo
0 shares

काठमाडौँ । सत्ता साझेदार ठुला दल, नेकपा एमाले र नेकपा माओवादी केन्द्र, को कार्यशैलीप्रति सन्तुष्ट बन्न नसकेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्तीमा आगामी असारमा हुने पार्टीको दशौँ महाधिवेशनसम्म केन्द्रीय सत्ता गठबन्धनको साथ नछोड्ने भएका छन् । आगामी असारमा हुने महाधिवेशनमा छलफल गरेर गठबन्धनमा रहने वा नरहने भन्ने ठोस निर्णय गर्ने अध्यक्ष नेपालको भनाइ छ ।

केही दिनअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा भएको विपक्षी मोर्चाको बैठकमा सहभागी भएका अध्यक्ष नेपालले आइतबार आयोजित पत्रकार सम्मेलनमा आफ्नो पार्टी दुई डुङ्गामा खुट्टा राख्ने पक्षमा नरहेको स्पष्ट पारे । मधेस प्रदेश सरकारमा आफ्नो पार्टीको निरन्तरता अघिल्लो गठबन्धन अनुसार नै भएकाले त्यसबारे तत्कालै निर्णय गरेर नयाँ गठबन्धनलाई साथ दिने तयारीमा रहेको सङ्केत आइतबार आयोजित पत्रकार सम्मेलनमा दिए ।

‘हामी दुईवटा डुङ्गामा खुट्टा राखेर हिँड्दैनौँ,’अध्यक्ष नेपालको भनाइ छ । सत्ता साझेदार एमालेका नेताहरूले एकीकृत समाजवादीका अध्यक्ष नेपाल अलमलमा परेको र गन्तव्य स्पष्ट नभएको बताउँदै आएका बेला नेता नेपालको प्रस्टीकरण स्वरूप यस्तो भनाई आएको हो ।

अध्यक्ष नेपालले कांग्रेस सभापति देउवासहितका प्रतिपक्ष दलका नेताहरूसँगको आफ्नो भेटलाई लिएर प्रचण्ड र ओलीलाई नआत्तिन पनि आग्रह गरे । उनले आफ्नो नेतृत्वको पार्टी राजनीतिको महत्त्वपूर्ण घटक भएको भन्दै सबै नेताहरूसँग छलफल गर्नु स्वाभाविक रहेको सुनाए ।

‘सबैले नेताहरूसँग भेट गर्न र सम्पर्क बढाउन पाउँछन्,’ उनले भने । अध्यक्ष नेपालले सरकार र सत्तापक्षमा कुनै असमझदारी नहोस् भनेर विपक्षी मोर्चाको बैठकमा सहभागी हुनुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराएको नेपालको भनाइ छ ।

‘हामी एउटा महत्त्वपूर्ण राजनीति घटक भएको हुनाले हामी त्यो (बूढानीलकण्ठ) बैठकमा सहभागी भयौँ । सबैले सबै नेताहरूसँग सम्पर्क गर्न पाउँछन्, हामी पनि पाउँछौँ । अन्यथा रूपमा कसैले आत्तिनुपर्ने आवश्यकता छैन,’ पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले भने, ‘त्यही सिलसिलामा मैले असमझदारी नहोस् भनेर प्रधानमन्त्रीलाई फोन पनि गरेँ । उहाँले भन्नुभयो – ठिक छ, सम्बन्ध सबैसँग राख्नुपर्छ तर ‘कमिटमेन्ट’ फाइनल नगरिदिनु होला ।’

नेपालको राजनीति कति बेला के हुने हो भन्ने स्थितिमा छलफल र संवादबाट विश्वास जित्न सकिने नेपालको विश्वास छ । उनले सत्ता सहकार्यका सवालमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्षसँग छलफल जारी रहेको र भएका छलफलहरू सकारात्मक ढङ्गले अघि बढिरहेको पनि बताए ।

‘छलफल र संवाद जारी छ । छलफलपछि एउटा समझदारीमा पुगिन्छ । समझदारी भइसकेपछि त्यसै आधारमा अघि बढिन्छ,’ अध्यक्ष नेपालको भनाइ छ ।

अध्यक्ष नेपालले राजनीतिक अन्योल कायम रहेको भन्दै त्यो अन्योललाई टुङ्ग्याउनुपर्ने अवस्थामा राजनीतिक छलफल र संवादले महत्त्वपूर्ण काम गर्ने बताए । ‘सरकारमा बस्ने कि नबस्ने भन्ने प्रश्नहरू उठेका छन् । तर निर्णयमा पुगिसकेका छैनौँ । अन्तिम निर्णय गर्न बाँकी नै छ । छलफलकै क्रममा रहेकाले पार्टीको बैठकले अन्तिम टुङ्गो लगाउँछ,’ नेपालको भनाइ छ ।

‘हामी राष्ट्रिय महाधिवेशनको सङ्घारमा छौँ । त्यसैले समीकरण बदल्ने वा नबदल्नेबारे महाधिवेशनमै छलफल गर्छौँ र त्यसका आधारमा अघि बढ्छौँ,’ ती नेताले भने, ‘कम्तीमा महाधिवेशनसम्म हामी यो समीकरणमै रहन्छौ ।’

नेकपा एकीकृत समाजवादीका एक पदाधिकारीका अनुसार पार्टीभित्र वर्तमान सत्ता समीकरणमा रहने वा नरहने भन्ने दुई धार छ । ‘यही सत्ता समीकरणलाई निरन्तरता दिनपर्ने बहुमत छ भने छाडेर बाहिर निस्कनुपर्छ भन्ने अल्पमतमा छ,’ उनी भन्छन् । ती नेताका अनुसार सरकारबाट तत्काल हटेर विपक्षी मोर्चामा जानुपर्ने पक्षमा नेता राजेन्द्र पाण्डे, मेटमणि चौधरी र स्वयं माधव नेपाल रहेका छन् ।

झलनाथ खनालसहित प्रतिनिधि सभाका बहुमत सांसदहरू प्रचण्ड नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्ने पक्षमा छन् । यस्तो अवस्थामा माधव नेपाल विपक्षी मोर्चामा तत्काल सहभागी हुन सक्ने अवस्थामा छैनन् ।

फागुन २१ मा बनेको एमाले माओवादीसहितको समीकरणको साथमा सुदूरपश्चिममा मुख्यमन्त्री र बागमतीमा २ मन्त्री पाएको एकीकृत समाजवादी मधेस सरकारमा भने पुरानै समीकरण अनुसार सहभागी छ । एकीकृत समाजवादीलाई मधेस सरकारबाट फिर्ता हुन र नयाँ सरकार बनाउन सहयोग गर्न एमाले र माओवादीले सुझाव दिए पनि समाजवादीले निर्णय गरिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको ...

  • September 14, 2026

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

  • September 14, 2026

‘यसपटक तीजमा मन हाँसेको छैन’— विपत्तिको पीडाबीच हेटौँडा मेयर म...

  • September 14, 2026

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved