Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रेस युनियन काेशी प्रदेशद्वारा एक करोड राशीको अक्षय कोषसम्बन्धी कार्यविधि सार्वजनिक

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 23, 2024
45 shares

हिमांशु राय , माेरङ। युनियन प्रदेश समितिद्वारा स्थापित रु एक करोड राशीको अक्षय कोषसम्बन्धी कार्यविधि सार्वजनिक गरिएकाे छ ।

नेपाल प्रेस युनियनको ३३औँ स्थापना दिवसका अवसरमा युनियनको कोशी प्रदेश कमिटीद्वारा विराटनगरमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर  कोइरालाले युनियन प्रदेश समितिद्वारा स्थापित रु एक करोड राशीको अक्षय कोषसम्बन्धी कार्यविधि सार्वजनिक गरिएकाे थियाे।

काेइरालाले अग्रज पत्रकारहरूलाई सम्मान गर्दै सञ्चार क्षेत्रमाथि हुने आक्रमण कुनै किसिमले सह्य नहुने बताए ।

आफ्नो पार्टी प्रेस स्वतन्त्रताको पक्षमा सदैव रहने विचार व्यक्त गरे । उहाँले सत्यको बाटो कठिन भए पनि अन्तिममा विजयी प्राप्त हुने छ भन्दै युनियनकर्मीहरूलाई स्वतन्त्र अभिव्यक्ति पक्षमा सदैव लाग्न समेत आग्रह गरेका छन् ।

डा: शेखर कोइरालाले सहकारीको रकम अपचलन गर्ने सहकारी सञ्चालकलाई अविलम्ब कारबाही गरी बचत फिर्ता हुनुपर्ने बताए ।

साे अवसरमा पाँचजना सञ्चारकर्मीहरु गोविन्द क्षेत्री, गिरिराज आचार्य, हर्ष सुब्बा, भारतीय उपाध्याय र कृष्ण आचार्यलाई दोसल्ला एवं प्रमाणपत्रद्वारा सम्मान गरिएको हो।

कार्यक्रममा प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले सञ्चार क्षेत्रमाथि भएको आक्रमण स्वतन्त्र प्रेसमाथि अङ्कुश भएको धारणा राखे । उनले युनियन सञ्चारकर्मीहरूको हकअधिकार कुण्ठित हुन नदिनका लागि अग्रस्थानमा उभिन्छ भन्दै युनियन स्वतन्त्र प्रेसको पक्ष र लोकतन्त्रको संरक्षणमा प्रतिबद्धत रहेको बताए ।

युनियनका प्रदेश अध्यक्ष मीनकुमार नवोदित र सम्मानित सञ्चारकर्मी गोविन्द क्षेत्रीलगायतले स्वतन्त्र प्रेस युनियनको मूलमन्त्र भएको समेत बताए ।

साे कोषबाट सञ्चारकर्मीको स्वास्थ्य बीमा, दुर्घटना उपचार खर्च, आवश्यकक्ता अनुसारको आर्थिक सहयोगलगायत उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको ...

  • September 14, 2026

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

  • September 14, 2026

‘यसपटक तीजमा मन हाँसेको छैन’— विपत्तिको पीडाबीच हेटौँडा मेयर म...

  • September 14, 2026

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved