Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अर्जुनले कसरी आफ्नो स्वास्नी भाइहरूमा बाँड्न सके !

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 9, 2024
33 shares

बिपुल बिक्रम ” खस “

हाम्रा पण्डितजीहरू कुनै पनि कुरा धेरै जसाे “शास्त्रमा लेखिएकाे” भन्ने गर्दथे/ गर्दछन् र सामान्य मानिसहरूकाे मुख बन्द गर्न सक्षम पनि हुन्थे/ हुन्छन् । याे असाध्यै बलियाे अचुक तरिका हाे जिज्ञासुकाे मुख बन्द गर्ने । संस्कृत भाषामा एकलाैटी गरेर ब्राह्मण बाहेक अरूको पहुँच थुनिएकाे थियाे, यसैले शास्त्रमा के लेखेकाे छ भन्ने कुरा कसैलाई ज्ञान थिएन र पण्डितजीहरूकाे कुरा पत्याउन कर लाग्दथ्याे । तथापि, तिनै पण्डितलाई कसैले “कुन शास्त्रमा ?” भनेर साेध्ने हाे भने जिब्रो बटारिन्छ, याे सत्य हाे । सर्वसाधारणको संस्कृतमा पहुँचकाे बाटाे बन्द भएपछि शास्त्र पनि टाढाकै कुरा हुन गयाे र यसले पण्डितजीहरूलाई शास्त्रकाे दुहाई दिएर खेल्ने यथेष्ट स्थान श्रृजित गरिदियो । तर यसले अर्काे कुरा के पनि गर्याे भने धर्मप्रति आस्थावानहरू अन्धविश्वासी र अतिवादी समेत हुन पुगे ।

बिना तथ्य विश्वास गर्दै जाँदा त्यो अन्धविश्वास हुन पुग्छ, अतिवादी भइन्छ । राजनीति र धर्मका अतिवादीहरूले नै नरसंहार गरेका थुप्रै प्रमाणहरू छन्, इतिहास छ र अझै हुँदैछ । रुवाण्डा, हाइटि, सोमालिया र अहिले सिरिया त्यसका प्रत्यक्ष्य प्रमाणहरू हुन् । हिन्दु धर्मका पण्डितजीहरूकाे रोग के हो भने पूर्वका हरेक शास्त्रका रचयिताहरूकाे गलत संस्कारहरू, प्रचलनहरू र गल्तीहरूलाई जसरी हुन्छ ढाकछोप गरिदिनु, अनेक कथा बुनेर अझ दिव्य भनेर व्याख्या गरिदिनु, ईश्वरांश या अवतारवादसँग जोडिदिनु र दैविय या लीला भनिदिनु । अर्को कुरा धर्मका ब्याख्याताहरूले वेद, उपनिषद, पुराणका हरेक कुरालाई अध्यात्मवाद र रहस्यवादका दृष्टिबाट देखाउने प्रयत्न गरी नै रहे, गरी नै रहेका छन् । धर्म सम्बन्धित कुरामा या वेद, पुराण, उपनिषदको बारेमा प्रश्न गर्नु या अविश्वास गर्नु ठुलो पाप भनेर बुझाइयो, वेद निन्दक भनेर तिरस्कार गरियो । हाम्रा सयौँ पुस्ताहरू यही अन्धकारमा रुमल्लिएर आए । उनीहरू नै अन्धकारमा थिए त आफ्ना सन्ततीहरूलाई के सिकाउन् ? फलतः हामी ढोग्ने, पूजा गर्ने र ब्याख्याताहरूले जे भन्यो त्यही मान्ने मात्रै भयौँ । तर ब्याख्याताहरूले पनि यो कारणले भनेर कुनै ठोस आधार देखाउन भने सकेनन्, केवल शास्त्रमा लेखिएको छ भनेर मुख थुन्दै आए । ज्ञान र चेतनाको अभिबृद्धि र विज्ञानको उन्नतिले पछिल्ला पुस्ता हरेक कुरा विज्ञानको दृष्टि राखेर हेर्छ, तर्कसङ्गत छ कि छैन भनेर दाँज्छ, पत्याउन साक्षी खोज्छ, आधार माग्छ । तत् पश्चात् पनि विभिन्न कुरासँग तुलना गरेर मात्र विश्वास गर्छ । अबका सन्तती कोरा चमत्कार, लीला या रहस्यवादका कुराले मात्र पत्याउने खालका छैनन् ।आस्थामा चोट लागे नै अनास्था पलाउँछ । यसैले अबका सन्ततीलाई सत्य के हो त्यो भने मात्र अटुट आस्था जाग्छ नभए यत्तिकै आप्तवाक्यकै भरमा, अनुमान प्रमाणकै भरमा, लिला या चमत्कार हो भनेकै भरमा भने आस्था या विश्वास गर्ने छैनन् ।

यही भ्रमकाे खेती गर्ने एउटा आधार महाभारत काव्य पनि हाे । महाभारत र रामायण भारतवर्षकाे मात्र नभएर संसारकै अद्वितीय काव्य हाे । दुवैमा दुई चरित्रले एकातिर मर्यादा र अर्काेतिर भाैतिक जगतमा कर्मकाे पाठ पढाउँछ । यही ग्रन्थबाट अनेकाैँ पुस्तकहरू लेखिएका छन्, सबैले महाभारतलाई आ-आफ्नै अलग दृष्टिकाेणले हेर्ने प्रयास गरेका छन् । महाभारतमा थुप्रै कथाहरू आएर जाेडिएका छन्, थुप्रै उपकथाहरू पनि जाेडिएका छन् । यी कथाहरूलाई लगेर विभिन्न ठाउँलाई पनि जाेडिएकाे छ । यी कथा उपकथा यसरी जाेडिएका छन् कि अलग गर्न नै सकिन्न , पछि जाेडिएकाे भनेर भन्न पनि सकिन्न । महाभारत युद्धपछि भिष्मकाे मृत्यु र युधिष्ठिरकाे राज्याभिषेक पछि सकिन्छ, त्यसपछिका कथाहरू भने पछि थपिदै गएका हुन् । महाभारतलाई हेर्ने अनेक दृष्टिकोणहरू छन् । यसैले कुन बिम्ब, कुन प्रतीक, कुन अलंकार, कुन उपमा कुन उपमेय भनेर हेर्नु भन्दा काब्यकाे उपयोगिता खाेतल्नु राम्राे हुन्छ ।

महाभारत यस्ताे काव्य हाे जसका हरेक पात्र सानै भए पनि प्रमुख पात्रका रूपमा छन् । हरेक साना कथा पछिल्ला ठूला कथालाई सपाेर्ट गर्दछन् । हरेक घटना यसरी इन्टरकनेक्टेड छन् र यति शक्तिशाली छन् कि त्याे घटना नभएकाे भए सायद महाभारत हुँदैन थियाे भन्ने लाग्छ । महाभारत एक काव्य हाे, संसारकै लागि अतिव सुन्दर र उपयाेगी काव्य । तर यही महाभारतलाई अक्षरसः इतिहास मान्ने अतिवादीहरूकाे हठवादी तर्कमा भने आश्चर्य मान्नु बाहेक केही गर्न सकिन्न । याे हठवादी हुनुकाे कारण अरू केही नभएर महाभारत बाहेक अन्य इतिहास, सभ्यता, साक्ष, प्रमाण र आर्कियाेलजिकल सबुतहरूकाे समानान्तर अध्ययन नहुनु नै हाे । यसैले हठवादीहरू आँखा चिम्लेर “महाभारत काल” भन्दछन्, वेद पछिकाे सत्य इतिहास मान्दछन्, तर इतिहास हाे भन्ने कुरा प्रमाणित गर्न कुनै ठाेस सबुत या आर्कियाेलजिकल इभिडेन्स भने देखाउन सक्दैनन् ।

महाभारत कुन कालकाे हाे ? यसकाे कुनै ठाेस सबुत नै छैन, कारण महाभारत एक काव्य भएकाेले कुनै प्रमाण उपलब्ध नहुनु स्वाभाविक हाे । अब महाभारतमै उपलब्ध साक्षलाई लिएर अगाडि बढाैँ । महाभारत युद्धमा रथ, तिर, तलवार, घाेडा प्रशस्त प्रयाेग भएका छन् । घाेडाले तान्ने रथकाे प्रयाेग इ.पू. साेह्राैं शताब्दी पछि भएकाे हाे । यसले महाभारत साेह्राैं शताब्दीभन्दा अगाडि जानै सक्दैन । इ.पू. १००० तिर हित्तीहरू छिन्नभिन्न भएपछि संसारले बल्ल फलामको प्रयोगकाे बारेमा जानकारी पायाे तरबार, बाँण, भाला आदि हतियार फलामको प्रयाेग गरिएकाे छ । यसले महाभारतलाई ६०० वर्ष पछाडि धकेलि दिएर १००० इ.पू. पछिको ठहर्‍याइ दिन्छ । सुमेर सभ्यतादेखि भारत तथा अन्य सभ्यतामा पनि बहुपत्नी प्रथा त देखिन्छ, तर बहुपति प्रथा कतै देखिँदैन । अर्थात्, बहुपति प्रथा अन्य कुनै सभ्यताको देन हाेइन र याे प्रथा केवल नेपालको सीमित हिमाली क्षेत्रकाे सीमित जातिको प्रथा हाे । महाभारतमा यही प्रथा देखिएकाे छ । यसले के देखाउँछ भने हुम्लातिरकाे प्रथालाई महाभारतमा जाेडिएकाे छ । पाण्डव ब्रात्य नभएर आर्य भनिएकाे छ र आर्यहरूले इ.पू. तेश्राे शताब्दी पछि मात्रै ब्रात्य सभ्यता र संस्कार ग्रहण गर्दै गएकाले महाभारत तेश्राे शताब्दी पछिकाे देखिन आउँछ । सम्राट असाेक तेश्राे शताब्दीका हुन् र उनैकाे पाला देखि लिखत इतिहास नै पाइन थालिएको छ भने “महाभारत काल” कुन हाे ? कुनै हाेइन, महाभारत केवल काव्य हाे, काल्पनिक कथा, जसमा ऐतिहासिक भूमि, स्थानहरूकाे नाम लिइएको छ ।

महाभारतमा चीरहरणकाे पनि कथा छ । उसाे त याे कथा प्रक्षिप्त (पछि थपिएको) नै हाे, तथापि यहाँ एउटा महत्त्वपूर्ण कुरा छ । चीरहरणकाे बेला द्राैपदी ऋतुमती थिइन्, एकवस्त्रा थिइन् । यिनै द्राैपदीलाई दुशासन जगल्ट्याएर ल्याउँछन्, दुर्याेधन उनलाई आफ्नो तिघ्रामा राख्न आदेश दिन्छन् । अर्थात्, आर्यहरूमा त्यतिबेला परसरेकाे स्त्रीलाई छुन नहुने प्रचलन थिएन, (वास्तवमा याे खसहरूकाे प्रचलन हाे)।

पण्डितजीहरूले जति नै तर्क दिएर युधिष्ठिरलाई धर्मराज भने पनि वास्तवमा उनी सत्तालिप्सा भएका व्यक्ति मात्रै हुन्, कुनै सत्यवादी हुँदै हाेइनन् । कुरा फेरि द्राैपदीकै गराैँ । द्राैपदीलाई प्रतियोगितामा अर्जुनले आफ्नाे पुरुषार्थले जितेका थिए, द्राैपदीले पनि अर्जुनलाई नै बरमाला लगाइदिएकी थिइन् । यतिसम्म कि वरण पछिकाे युद्धमा पनि केवल अर्जुन मात्रै द्राैपदीकाे रक्षाका लागि उभिएका थिए । यहाँ युधिष्ठरकाे धर्मपरायणता हेराैँ ।

एष नः समयो राजन् रत्नस्य सहभोजनम्
न च तं हातु मिच्छामः समयं राज सत्तम

हे राजन ! रत्नको एकसाथ भोग गर्नु हाम्रो नियम छ । हे राजाहरूमा श्रेष्ठ, हामी यस नियमलाई छोड्न चाहदैनौं ।
आदिपर्व अध्याय १९६ श्लोक २५

युधिष्ठिरले संसारमा कहीँ नभएकाे नियम यहाँ लागू गरे । हुम्लामा बहुपति प्रथामा सामुहिक बिबाह हुन्छ, स्त्री सबैकाे अगाडि सामुहिक रूपमा सबै दाजुभाइलाई पति स्वीकार्छिन् । तर द्राैपदीले पाँचै भाइलाई सामुहिक रूपमा पति स्वीकारेकी छैनन्, केवल अर्जुनलाई स्वयंवरण गरेकी छिन् । पाञ्चाली, कृष्णा, या द्रौपदीको रूप लावण्यबाट मोहित युधिष्ठिरले यहाँ नै पहिलो झुठ बोलेका छन् । द्राैपदी रत्न नभएर व्यक्ति हुन् भन्ने कुरा युधिष्ठरले कसरी बिर्से ? अर्जुनले कसरी आफ्नो स्वास्नी भाइहरूमा बाँड्न सके ! यदि उक्त कुरा सत्य हुँदो हो त अर्जुनद्वारा बिजित सुभद्रा, उलुपी र भीमद्वारा बिजित हिडिम्बा चैं किन पञ्चभोग्या भएनन् ? जुवामा किन युधिष्ठिरले केवल द्राैपदीलाई मात्रै राखे ? युधिष्ठिरकाे त आफ्नै अर्काे पनि स्वास्नी थिइन्, उनलाई किन राखेनन् ? यदि स्त्री रत्न समान हाे भाे राज्य पनि त रत्न समान नै भयाे नि ! युधिष्ठर राज्यकाे राजा चै आफ‌ै मात्रै किन बने ! किन हामी पाँचै भाइ समान रूपमा राजा हाैँ भनेनन् ? कत्राे झुठ !!! अनि त्यसमा कत्राे विश्वास !!!

युधिष्ठिर सत्यवादी हाेइनन्, याे पनि सत्य हाे । युद्धकाे बेला अश्वत्थामा हात्तीलाई मारेपछि अश्वत्थामा मारिएकाे हल्ला चल्याे, पुत्रमाेहमा परेका द्राेणाचार्य यकिन गर्न युधिष्ठिरलाई साेध्न आए । यदि अश्वत्थामा अष्टचिरञ्जीवि भएकाे भए साेध्न आउनुपर्ने कारण नै थिएन ! याे पनि अर्को झुठ हाे । युधिष्ठिरले जवाफमा “अश्वत्थामा हताहती” भने, “नराे वा कुञ्जराेवा” बिस्तारै भने या पछिकाे वाक्यलाई कृष्णले शङ्ख फुकेर छाेपिदिए । यहाँ फेरि अर्को झुठ छ, वाक्य नै उल्टाे बाेलिएकाे छ । यदि युधिष्ठिर सत्यवादी हुँदाहुन् त राज्य भन्दा सत्य ठूलाे हुनु पर्ने ! तर सत्ताकाे लागि नै उनेले सत्यलाई छलले भने । बरु युधिष्ठिर भन्दा हरिश्चन्द्र सत्यवादी हुन्, जसले जगात नलिइ आफ्नै छाेरालाई समेत जलाउन दिएनन् ।

पण्डितजीहरू शास्त्रमा कतै मांस भक्षण छैन भनेर भन्छन्, कत्राे झुठ त !!!
उदाहरणकाे लागि केवल ब्रह्मवैवर्त पुराणकाे कृष्ण जन्म अध्यायका तीन श्लोक हेरौँ

गवां लक्षंछेदनं च हरिणानाँ द्विलक्षकम्
चतुर्लक्षं शशानाँ च कूर्माणां च तथा करु ६१
दशलक्षं छागलानाँ भेटाना तच्चतुर्गुणम्
पर्वणि ग्रामदेव्यै च बलिं देहि च भक्तितः ६२
एतेषाँ पक्वमाँसं च भोजनार्थ च कारय
परिपूर्ण व्यँजनानाँ सामग्री कुरु भूमिप ६३

भावार्थ
“एक लाख गाई, दुई लाख हरिण, चार लाख खरायो र त्यति नै कछुवालाई काट । दस लाख बोका र दश लाखै भेँडालाई बध गर । पर्वको दिन यिनका बलि ग्रामदेवीलाई भक्तिपूर्वक दिनुपर्छ र सबै मासु भोजनको लागि तयार गराउनु । हे राजा, तरकारी र नुनिलो भोजन सामग्री पनि पूर्ण रूपमा तैयार गर ।”

यहाँ उल्लेख भएकाे गाई, हरिण, खरायाे, बाेका, भेँडा कुनै वनाैषधीका नाम हाेइनन्, मासुकाे अलावा नुनिलो भाेजन पनि माग गरिएकाे छ ।

पण्डितजीहरूले जतिसुकै घाँटी सुकाएर चिच्याए पनि शास्त्रमा थुप्रै झुठहरू काेचाकाेच भरिएकाे छ, शास्त्रका शब्दकाे गलत अर्थ लगाएर व्याख्या गरिएकाे छ । भागवत पुराणमा लेखिएकाे “आधावन्त” लाई “राधावन्त” बनाएर राधाकाे जन्म गराइएकाे छ । के याे ठुलै झुठ हाेइन र ??

राधाकाे बारेमा धेरै लेखिसकिएकाे छ । संक्षेपमा यत्ति लेखाैँ, कि “कुन पुराण कहिले कसले लेखेकाे ?” यसकाे उत्तर मात्रै खाेजे पुग्छ, पण्डितजीलाई साेधे पुग्छ । थुप्रै पुराणहरू नवाैं शताब्दीतिरका हुन्, ब्रह्मवैवर्त्य पुराण पनि यसैकाे हाराहारीकाे हाे, जसमा राधाकाे उल्लेख छ, यसमा अनेकन कथाले राधालाई कृष्णकी प्रेमिका बनाइएकाे छ, जब कि राधा महाभारत र भागवतमा समेत कतै उल्लेख भएकी छैनन् । याे कत्राे झुठ त !!! अनि यस माथि कत्राे विश्वास त !!!

कुनै शास्त्रमा नभएकाे सन्ताेषी माताकाे व्रत साङ्गे गर्न नहिच्किचाउने पण्डितजीहरू “याे झुठ हाे, गर्न हुन्न, म गर्दिन” भन्न किन सक्दैनन् !!! आफूलाई शास्त्रका ज्ञाता भन्ने पण्डितजीहरूलाई याे झुठ हाे भन्ने ज्ञान त अवश्यै हाेला, धर्म माथि झुठकाे खेलवाड गर्ने पण्डितजीहरूले मरेपछि के माथि जवाफ दिन पर्दैन र ? पण्डितजीकाे लहैलहैमा लागेर सत्य निरूपणकाे लागि साेधखाेज गर्न अन्धभक्तहरूले आँखा खाेल्नु पर्दैन ??

लेखक:  बिपुल बिक्रम इतिहास तथा मानव बिकास शास्त्र अध्यता हुनुहुन्छ !

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved