Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

राष्ट्र बैंकका गभर्नर माफियाको संरक्षक भए : मनिराम ज्ञवाली

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 20, 2024
0 shares

काठमाडौं । लघुवित्तहरुले गाउँगाउँमा पीडितहरुमाथि ज्यादती बढाएको भन्दै संघर्ष समितिले सरकारसँगको सहमति भंग गरेर पुनः सडकमा जाने चेतावनी दएको छ । मंगलबार राजधनीको संवाद डबलीमा लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समितिले पत्रकार सम्मेलन गरी सरकार आफूहरुप्रति सकारात्मक हुँदा पनि राष्ट्र बैंक वित्तिय माफियाको पक्षमा रहेकोसमेत आरोप लगाएको छ ।

समितिका अध्यक्ष मनिराम ज्ञवालीले सरकारसँग सहमति भएपछि पीडितहरुले न्याय पाउने विश्वास लिए पनि पुनः लघुवित्तहरुले गाउँगाउँमा छिरेर अत्याचार बढाएको भन्दै आक्रोष व्यक्त गरे । नेपालको इतिहासमा निशेधित क्षेत्र तोडेर आफूहरु संसद भवन छिरेर शान्तिपूर्ण आन्दोलनको उत्कर्ष चुमेको दाबी गर्दै भने,“सरकार हाम्रा मागमा सकारात्मक छ, राष्ट्र बैंकका गभर्नर माफियाको संरक्षक भए तिनलाई पनि त्यहीँ घेर्ने दिन नओस् ।”

लामो समयदेखि आन्दोलित आफूहरुको मागलाई हल्का लिए कुनै पनि समयमा सहमति तोडेर सडक तताउने र निर्णायक आन्दोलन गर्ने चेतावनीसमेत ज्ञवालीले दिए । समितिका सचिव रमेश तामाङले लघुवित्तबाट देशमा ४० लाख ऋणि र ६० लाख पीडित रहेको जनाउँदै सरकारले जसरी पनि न्याय दिनु पर्ने बताए । पछिल्लो समयमा लघुवित्तहरुले सरकारसँगको सहमतिलाई चुनौति दिदै गाउँगाउँ छिरेर पीडितमाथि ज्यादती बढाएकोप्रति अक्रोशित हुँदै भने,“लघुवित्तका झोलेहरुलाई कुकुरलाई जसरी खेदाउनु हामीले सरकारसँग सहमति गरेर आन्दोलन टुङ्ग्याएका छैनौं ।”

संघर्ष समितिका राष्ट्रिय स्वयमसेवक विभागका प्रमुख रमेश सेन्चुरीले सरकारसँग सहमति गरेर आफूहरुले अनैतिक सम्झौता नगरेको प्रष्ट्याउँदै भने,“लाखौं–लाखको जीवनको सवालको विषयमा त्यसै आन्दोलन छाड्ने कुरा छैन, पीडितले न्याय नपाउन्जेल लड्ने हो ।”

पत्रकार सम्मेलनमा झापाकी लुजा राई,मकवानपुरकी अष्टमाया दोङ,बाँकेका अब्दुल साह, बाराका ताहिर खान, सुर्खेतबाट आएकी हिरा राना,बर्दियाकी आशा सन्जेल र पाल्पाकी तारा पण्डेले आफूहरुले साढे २ वर्षदेखि न्यायको लागि संघर्ष जारी राखेको र अबपनि सरकारले नसुने जुनसुकै हदसम्म पनि आन्दोलनको स्तरवृद्धि गर्ने चेतावनी दए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved