Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भन्सारका कर्मचारीहरु विशेष अदालतको फैसलाविरुद्ध अख्तियारमा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 12, 2023
3 shares

काठमाडौं । सुनकाण्डमा मुछिएका भन्सारका कर्मचारीहरुलाई बिगो र जरिवानामा भारी छुट दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालत पुगेको छ ।

पाँच वर्षअघिको सुनकाण्डमा मुछिएका भन्सारका एक्स–रे अपरेटर श्यामकृष्ण च्वामु श्रेष्ठलाई नाममात्रैको बिगो जरिवाना गरेर उन्मुक्ति दिएको भन्दै आइतबार अख्तियारले विशेषको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन दर्ता गरेको हो ।

विमानस्थल भन्सार कार्यालयमा रहँदा अवैध आर्जन गरेको दाबी गर्दै अख्तियारले २०७५ माघमा एक्स–रे अपरेटर श्यामकृष्ण च्वामु श्रेष्ठ विरुद्ध साढे १४ करोड रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जनको भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले श्रेष्ठले २ करोड २८ लाख रुपैयाँ मात्रै गैरकानूनी आर्जन गरेको र अरु करिव १२ करोड रुपैयाँ अवैध आर्जन भन्न नमिल्ने ठहर गरेको थियो । विशेष अदालतको त्यही फैसला विरुद्ध अख्तियार सर्वोच्च अदालत गएको हो ।

सरकारी सेवामा रहँदा श्रेष्ठको वैध आम्दानी ९ करोड ६३ लाख रुपैयाँमात्र हुनेमा १९ करोड ७४ लाख रुपैयाँ सम्पत्ति जोडेको भेटिएको अख्तियारको दाबी थियो । १० करोड ११ लाख रुपैयाँको स्रोत नखुलेको र ४ लाख ४९ हजार रुपैया त्यही स्रोत नखुलेको रकमबाट थपेको भन्दै अख्तियारले उनीमाथि १४ करोड ६१ लाख रुपैयाँ बिगो मागदावी गरेको थियो ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र डा। खुसीप्रसाद थारुको इजलासले श्यामकृष्णको परिवारले १६ करोड ५३ लाख रुपैयाँ वैधानिक रुपमा कमाएको ठहर गरेको थियो ।

उनीहरुसँग १८ करोड ८२ लाख रुपैयाँको सम्पत्ति भेटिएको भन्दै विशेष अदालतले २ करोड २८ लाख रुपैयाँ मात्रै भ्रष्टाचारबाट आर्जन गरेको ठहर गरेको थियो । विशेष अदालतले उनलाई १५ महिना कैद सजायको फैसला समेत गरेको थियो ।

आफूले मागदाबी गरेको बिगो भन्दा धेरै कम मात्र ठहर गरेको भन्दै अख्तियार सर्वोच्च अदालत गएको हो । श्यामकृष्णसँगै उनका दुई पत्नी, बाबुआमा, भाइबुहारी लगायतको नाममा रहेको रकम भ्रष्टाचारबाट आर्जन गरेको नभएको विशेष अदालतको फैसलामा समेत अख्तियारले प्रश्न उठाएको छ ।

२१ पुस २०७३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईबाट ल्याइएको साढे ३३ किलो सुन बरामद भएको थियो । घटनाको अनुसन्धानका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले भन्सारका नासु श्रेष्ठलाई पक्राउ गरेको थियो । उनी त्यतिबेला सामान चेकजाँच गर्ने एक्सरे मेसिन अपरेटर थिए ।

अख्तियारको दाबी अनुसार, घटनाको समय आसपासमा श्यामकृष्णकी श्रीमतीको खातामा अस्वभाविक रुपमा रकम जम्मा भएको देखिएको थियो । २०७३ सालमा उनको श्रीमतीको खातामा २ करोड २ लाख रुपैयाँ जम्मा भएको थियो । भक्तपुर र ललितपुरमा समेत घरजग्गा किनेका उनले थिमीको मध्यपुर अस्पतालमा लगानी गरेका थिए ।

भ्रष्टाचार मुद्धा दायर भएपछि उनी लगायत परिवारका सदस्यहरुले त्यो अस्पतालमा काम गरेको र तलब पाएको दावी गरेका थिए । अस्पतालले पठाएको पत्रका आधारमा विशेष अदालतले उनीहरुको आय दावीलाई मान्यता दिएको थियो । आफूले खेतीकिसानी समेत गर्ने भन्दै उनले हरेक वर्ष कृषिबाट पनि आम्दानी हुने भन्दै आफूले जोडेको सम्पत्ति वैध रहेको दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने

  • July 24, 2026

२९ जना इन्स्पेक्टरको खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्दै प्र...

  • July 24, 2026

आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना

  • July 24, 2026

अवैध अनलाइन बेटिङकाे २ लाख एप बन्द

  • July 24, 2026

कुन कुन राजमार्ग बन्द छ त आज, यात्रा गर्नु अघि हेर्नुहाेस

  • July 24, 2026

खाद्य सार्वभौमिकता र खाद्य सुरक्षामा अध्ययनलाई निरन्तरता दिनुप...

  • July 23, 2026

नेकपाकालाई छोडेर नेता कार्यकर्ताले श्रम संस्कृति पार्टीलाई रोजे

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved