Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

७८.५ मिटर अग्लो स्काई वाक टावरबारे काठमाडौं महानगरपालिकाले अध्ययन सुरु गर्याे

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 28, 2023
27 shares

काठमाडौं। काठमाडौंको कमलादीमा साहसिक पर्यटनको हव बनाउने भन्दै सञ्चालनमा आएको ७८.५ मिटर अग्लो स्काई वाक टावरबारे काठमाडौं महानगरपालिकाले अध्ययन सुरू गरेको छ।

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार टावर निर्माण तथा सञ्चालनमा कानूनी प्रक्रिया पूरा भए नभएको, पार्किङलगायतको अन्य व्यवस्था साथै टावर अवलोकनमा गएकासँग लिइएको शुल्कसमेत सम्पूर्ण विषयमा अध्ययन सुरू भएको हो।

प्रवक्ता मानन्धरका अनुसार संरचना निर्माणमा महानगरपालिकामा पूरा गर्नुपर्ने सम्पूर्ण प्रक्रिया पूरा गरे नगरेको विषयमा समेत अध्ययन भइरहेको छ। महानगरले टावरको विषयमा कम्पनीसँग सबै विवरण माग्ने तयारी गरेको छ।

स्काई वाक टावर वन्डर्स ग्रुप प्रालिले सञ्चालनमा ल्याएको हो। यो दक्षिण एसियाकै अग्लो स्काई वाक रहेको कम्पनीको दाबी छ। दक्षिण एसियाकै अग्लो टावरमा प्रयोग भएका सामान तथा उपकरणको गुणस्तर प्रमाण महानगरले खोजिरहेको छ।

टावरको निर्माण २०७६ मंसिरमा सुरु भएको थियो। तर कोरोनाका कारण निर्माण ढिला भएको थियो। २२ औँ तल्लामा रहेको स्काई वाकको मजा लिन सर्वसाधरणले एक हजार रुपैयाँ शुल्क तिर्नुपर्ने छ। कम्पनीले ८० वर्षमाथिका जेष्ठ नागरिक र ३ फिटसम्म उचाइ भएकालाई नि:शुल्क, ७० देखि ८० वर्षसम्मलाई ५ सय रुपैयाँमा टिकट उपलब्ध गराउँदै आएको छ। स्काई वाकबाट ३६० डिग्रीमा काठमाडौं उपत्यकाको दृष्य अवलोकन गर्न पाइने बताइएको छ।

परियोजना १३ रोपनी २ आना जग्गामा फैलिएको छ। ७८.५ मिटर अग्लो टावरमा जमिनको सतहबाट ६५ मिटर उचाइमा सिसामा स्काई वाक गराइएको छ। परियोजनाका लागि करिब २ अर्ब रूपैयाँ लगानी लागेको कम्पनीको दाबी छ।

२५ तला रहेको टावरमा २२ तलासम्म लिफ्टबाट र बाँकी तीन तलामा सिँढीमार्फत माथि जाने व्यवस्था छ। दुईवटा लिफ्ट सुविधा रहेको टावरमा एक पटकमा ४५ जनाभन्दा धेरै मानिस तलमाथि गर्न सक्ने क्षमता रहेको कम्पनीले जनाएको छ। स्काइ वाक टावरको कम्पाउण्डमा एम्फी थिएटर र फास्ट फुड रेष्टुरेन्ट रहेको छ। टावरको २३ र २४ औँ तलामा रेष्टुरेन्ट र क्लब रहेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved