Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कुख्यात मिटरब्याजी रमानन्दको घर विप्लवकाे कब्जामा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 17, 2023
12 shares

काठमाडौं । सिद्धार्थनगर नगरपालिका वडा ५ मिलनचोक निवासी कुख्यात मिटरब्याजी रमानन्द बानियाँको घर कब्जा गरिएको छ ।
मिटरब्याजी पिडीतहरुको आग्रहमा जनता सहितको उपस्थितिमा नेकपाले उक्त घर नियन्त्रणमा लिएको हो ।

मिटरब्याजी बानियाँले रुपन्देहीका झण्डै डेढ सय भन्दा बढी किसानहरुलाई न्युनतम ७५ हजार देखि १० लाखसम्म ऋण दिएर कपालीतमसुक,दृष्टीबन्दक जस्ता क्रियाकलाप गरेर किसानका करोडौं रकम ब्याजका नाममा ठगेको बुझिएको छ ।

बानियाँले झण्डै ७६ जना किसानहरुलाई ऋण दिदा ५० प्रतिशत बढी ब्याज समेत लगाएको विवरणमा देखिन्छ ।
भैरहवा,लुम्बिनी सांस्कृतिक र तिलोतमा नगरपालिका आसपासमा दर्जनौं किसान तथा साना व्यापारीलाई ऋण दिने बाहनामा मिटर ब्याज मार्फत करोडौं असुलेको प्रष्ट देखिन्छ ।

बानियाले नक्कली कागज तयार पारेर ऋणीहरुलाई ल्याप्चे लगाई अकुत ब्याज समेत लिईरहेका छन् ।
भनेको मितिमा पैसा नदिएका ऋणीलाई अर्को कागज तयार पारी ऋण रकममा थप २५ देखि ५० प्रतिशत थपेर सावा रकम बनाएका धेरै तथ्यहरु देखिन्छन् ।

निज बानियाँले अदालती अस्त्र प्रयोग गरेर दर्जनौं किसानलाई उठिबास लगाएका छन्,कैयौंले घर छाडेर आफन्तको सरण लिएर बस्न बाध्य भएका छन् ।
एक ऋणीले बानियाँ संगको ऋण लिनदेनले दबाबमा मृत्युको निर्णय सम्म लिएको तर पछि पारिवारिक सल्लाहले उक्त बाटो नरोजेको पिडा व्यक्त गरेका छन् ।

बानियाँको ठगी धन्दाका बारेमा झण्डै ६२ जनाले जिल्ला प्रशासन कार्यलयमा उजुरी दिएको देखिन्छ । २०७४ सालबाट पटकपटक उजुरी दिएपनी प्रशासनले वेवास्ता गरेपछि पिडीत ऋणीहरुले विप्लव नेतृत्वको नेकपामा लिखित उजुरी दिएका थिए । नेकपामा उजुरी परेपछि पार्टीले पिडितहरु संग भएका प्रमाण र अनुसन्धानले बानियाँले किसानसंग करोडौं ब्याज मिटर व्याज मार्फत असुली गरेको देखिन्छ ।

पिडित ऋणी,जनता सहितको उपस्थितिमा नेकपाले शनिबार भैरहवा स्थित मिलन चोक र बुद्धचोकमा रहेको बानियाँको घर कब्जामा लिई कारबाही गरेको हो । प्रदर्शन सहित बानियाँको घर पुगेको टोलीले घर कब्जा सहित बिरोध सभा आयोजना गरेको थियोे ।
सभामा नेकपामा केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला ईन्चार्ज सरद सी,जिल्ला सेक्रेटरी बिरेन्द्र सी,जिल्ला सचिवालय सदस्य शिशिर सी लगायतमा नेताहरूले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने

  • July 24, 2026

२९ जना इन्स्पेक्टरको खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्दै प्र...

  • July 24, 2026

आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना

  • July 24, 2026

अवैध अनलाइन बेटिङकाे २ लाख एप बन्द

  • July 24, 2026

कुन कुन राजमार्ग बन्द छ त आज, यात्रा गर्नु अघि हेर्नुहाेस

  • July 24, 2026

खाद्य सार्वभौमिकता र खाद्य सुरक्षामा अध्ययनलाई निरन्तरता दिनुप...

  • July 23, 2026

नेकपाकालाई छोडेर नेता कार्यकर्ताले श्रम संस्कृति पार्टीलाई रोजे

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved