Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

खाेटाङ : आब २०८०/०८१ का लागि अनुमानित बजेट ९८ कराेड ६ लाख

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 25, 2023
3 shares

खाेटाङ। दस स्थानिय तह रहेकाे खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०८०/२०८१ का लागि ९८ करोड ६ लाख ५७ हजारअनुमानित बजेट ल्याएको छ । हिजाे शनिबार जिल्ला स्थित जिल्ला समन्वय समितिको सभाहलमा नवौ नगरसभामा मार्फत नगरका उपप्रमुख विसन राईले साे अनुमानित बजेट प्रस्तुत गरेका थिए।

दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिकाको आन्तरिक आय १ करोड ८० लाख, संघीय सरकार राजस्व बाँडफाँडबाट १३ करोड २४ लाख २९ हजार, प्रदेश सरकार राजस्व बाँडफाँडबाट १ करोड ९५ लाख ७८ हजार गरी कूल १५ करोड २ लाख ७ हजार प्राप्त हुने अनुमान गरिएको उपप्रमुख राईले नगर सभामार्फत जानकारी गराएका थिए ।

संघीय सरकारवाट वित्तिय समानिकरण अनुदान १४ करोड ९ लाख, समपूरक अनुदान ९० लाख, विशेष अनुदान १ करोड ३५ लाख, सशर्त अनुदानचालु ४७ करोड ५० लाख र सशर्त अनुदानपूँजीगत ६ करोड ९ लाख गरी ६९ करोड ९३ लाख र प्रदेश सरकारवाट वित्तिय समानिकरण अनुदान ८९ लाख ६८ हजार, समपूरक अनुदान १ करोड ३० लाख, सशर्त अनुदानचालु ३६ लाख ७५ हजार र सशर्त अनुदानपुँजीगत १ करोड ४१ लाख गरी ६९ हजार गरी ३ करोड ९८ लाख १२ हजार प्राप्त हुने अनुमान गरिएको उप प्रमुख राईकाे छ ।

आर्थिक वर्ष २०७९/२०८० माखर्च नभई वचत हुने अल्या ७ करोड १५ लाख ३८ हजार हुने समेत अनुमान गरिएको छ ।

सयैगरि दिक्तेल रुपाकाेट मझुवागढी नगरपालिकाको बजेटले कृषिलाई प्राथमिकतामा राखेको छ । “मेरो नगर–म बनाउँछु” भन्ने नीतिलाई कार्यान्वयनगर्न रोजगारी वृद्धि गर्ने, नगरकाे स्थानीय कृषिउत्पादनमा वृद्धि गरी स्वाबलम्बी र आत्मनिर्भर गाउँ र नगर बनाउने आयोजना तथा कार्यक्रम अन्तर्गत कृषि तथा पशुपंक्षी विकास कार्यक्रमका लागि ३ करोड विनियोजन गरिएको राईले बताए ।

साे बजेटमा फलफूल प्रशोधन केन्द्र निर्माणका लागि १ करोड, सुविधा सम्पन्न कृषिवजार निर्माणका लागि ५० लाख, कृषिकर्जाको व्याज अनुदानमा २० लाख, बाली तथा पशु वीमा कार्यक्रम निरन्तरताका लागि २ लाख, उच्च मुल्यवाली वस्तुको उत्पादनमा आधारित अनुदानका लागि भनेर ५ लाख, वाझो जमिनमा फलफूल, तरकारी तथा उन्नत जातका घाँस खेतीका लागि २० लाख विनियोजन गरिएको समेत उपप्रमुख राईले बजेटमा समेटेकाेछ ।

त्यस्तै, अघिल्लाे बर्षहरुमा झैँ तेलहन बाली प्रवर्धन कार्यक्रमलाई निरन्तरता दिनका लागि ५ लाख, गाई तथा भैसी प्रवर्धन कार्यक्रम र दुधउत्पादन प्रवर्धनका लागि १८ लाख ३८ हजार विनियोजन गरिएको उपप्रमुख राईले जानकारी दिए ।

उपप्रमुख राईका अनुसार सामूहिक खेती प्रणाली तथा सामूहिक पकेट कार्यक्रम विकास, विस्तार तथा प्रोत्साहन, तरकारी उत्पादन प्रोत्साहन, मौरी प्रवद्र्धन कार्यक्रम, वन्यजन्तु तथा किटनाशक आक्रमणलाई न्यूनीकरण गर्न विशेष अध्ययन गरी उपयुक्त विधि अवलम्बन गर्न बाली संरक्षण कार्यक्रम, रैथाने वाली प्रवर्धन, कृतिम गर्भाधान मिसन कार्यक्रम कार्यान्वयन, औषधि तथा उपकरण खरीद र विशेष वाली उत्पादन साथै प्रोत्साहनका लागि आवश्यक वजेट विनियोजन गरिएको उपप्रमुख राईकाे जिकिर थियाे। ।

नगरमा कम्पोष्ट प्लान्ट तथा नमुना कृषिश्रोत केन्द्रलाई आवश्यक अध्ययन गरी थप व्यवस्थित गरिने, उन्नत खाद्यान्न वालीको वीउ उपयोगमा अनुदानको व्यवस्था तथा चालू आर्थिक वर्ष २०७९/२०८० मा स्थापना भएको सुन्तला तथा फलफूल पकेट कार्यक्रमलाई समेत निरन्तरता दिईएको राईले प्रस्तुत गरेकाे बजेटमा समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved