Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कमलबिनायक – नगरकाेट सडक : दुई बर्षमा सक्ने ठेक्क आठ पटक म्याद थप्दापनि सम्पन्न भएन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • March 28, 2023
54 shares

भक्तपुर । भक्तपुर–नगरकोट सडकखण्ड विस्तार कार्य ८ पटक म्याद थप गर्दा पनि सम्पन्न नभएपछि रद्द गरिएको छ

दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएर२०७३ असार ३ गतेसम्म सम्पन्न गरि हस्तान्तरण गर्ने भनि २०७१ साल जेठ २२ गते यो सडकको पहिलो ठेक्का सम्झौता भएको थियो। तर जम्मा १५ किलोमिटर छ सय ६० मिटर लामो भक्तपुर–नगरकोट सडकखण्ड आठ पटक म्याद थप गर्दा पनि सम्पन्न नभएपछि सरकारले ठेक्का सम्झौता रद्द गरेको छ।

गत फागुन १८ गते उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले उक्त सडकखण्डको प्रत्यक्ष अनुगमन गरेका थिए। त्यो बेला मन्त्री श्रेष्ठले एक महिनाभित्र सडकको सम्पूर्ण निर्माण कार्य सम्पन्न नगरे ठेक्का सम्झौता रद्द गर्ने चेतावनि दिएका थिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभाग मातहत रहेको सडक सुधार तथा विकास परियोजना निर्देशनालयले ठेक्का सम्झौता रद्द गर्ने सूचना जारी गरेको हो । यो सडक शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन र भारतीय कम्पनी अराभली इन्फ्रापावर लिमिटेडले संयुक्त रूपमा निर्माण गर्ने गरी ठेक्का सम्झौता भएको हो। अन्तिम पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न नभएपछि निर्देशनालयले ठेक्का सम्झौता रद्द गर्न १४ दिने सूचना जारी गरेको हो ।

सडक ठेक्का पाएको शैलुङ र अराभलीविरूद्ध ठेक्का नतोड्नुपर्ने कुनै कारण भए १४ दिनभित्र कार्यालयमै उपस्थित भएर जानकारी गराउन निर्देशनालयले सार्वजनिक सूचना जारी गरेको छ।
अन्तिम पटक भन्दै गत फागुन महिनाभित्र निर्माण सक्ने गर्ने गरी म्याद थप गरे पनि काम अगाडि नबढेको र निर्देशनालयले पटक–पटक लिखित र मौखिक निर्देशन दिए पनि ठोस प्रगति नदेखिएको भन्दै अब ठेक्का तोड्नुको विकल्प नदेखिएको जनाएको छ ।

सडक विस्तारको काम सुरू भएको नौ वर्ष बित्दा चार–पाँच वर्षअघि गरेको कालोपत्रे समेत भत्किएको छ। ठेकेदारले कालोपत्रे भनेको बाटो अहिले धूलाम्मे र खल्डैखाल्डो छ। २७ करोड रूपैयाँमा ठेक्का सम्झौता भए पनि ३१ करोड पुर्‍याइएको यो सडकको डिजाइन परिवर्तन भएको थियो। अन्तिमसम्म आइपुग्दा यसको रकम २८ करोडमा झरेको थियो ।

नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङ सडक बन्न थालेको नौ वर्षमा पनि नसकिँदा पर्यटन व्यवसाय धरापमा परेको बताउँछन्। कोरोनापछि लयमा फर्किँदै गरेको पर्यटन व्यवसाय सडकको जीर्ण अवस्थाले धरापमा परेको उनको भनाइ छ। वर्षामा हिलो र हिउँदमा धूलो उडेर यहाँका बासिन्दादेखि पर्यटकसमेतले सास्ती बेहोर्नुपरेको उनले बताए ।

सडक निर्माण अलपत्र पर्दा यहाँको पर्यटन व्यवसाय र आर्थिक विकास १५ वर्ष पर धकेलिएको भन्दै काम गर्न नगर्नेको ठेक्का सम्झौता रद्द गर्न निकालेको सूचना सकारात्मक रहेको उनले बताए ।

भने, यहि सडककाे काम सम्पन्न गराएर पर्यटन र हाेटल व्यवसायिहरुलाई व्यवसाय गर्न सहजिकरण गर्ने साथै सडक किनारकाे नागरिकलाई  हिउदामा धुलाे र बर्षामा हिलाेबाट मुक्ता गराउने प्रतिबद्धता सहित चुनावि एजेण्डा बाेकेर २०७४ काे स्थानिय निर्वाचनमा चाँगुनारायण नगरपालिकाका लागि एमालेका साेम मिश्रले मेयर जितेका थिए भने, यहि नगर अन्तर्गतका संघिय तथा प्रदेश तर्फका कृष्ण भँडेल लगाएतले चुनाव जितेका थिए।

यस्तै, याे सडक सहित दुवाकाेट – चाँगुनारायण मन्दिर जाेड्ने सडककाे एजेण्डाबाेकेर गत बैशाख ३०मा सम्पन्न स्थानिय निर्वाचनबाट जीवन खत्रिले नेपाली काँग्रेसकाे तर्फबाट नगर प्रमुख उछिट्टयाउन सफल भए भने शुरेस श्रेष्ठले सांसद पद पनि यी दुबै सडकलाई  चुनावि एजेण्डा बनाएर विजयी भएका हुन्।

पटक पटककाे निर्वाचनकाेबेला नेताहरुकाे आस्वासनले जनता मख्ख पर्दै भाेट दिए पनि अन्तत न त सडक बन्याे न त व्यवसायीलाई व्यापार गर्ने वातावरण बन्याे भने न त स्थानिय मतदाता नागरिककाे मतकाे सहि प्रयाेग नै भएकाे देखियाे। के नेताकाे प्रतिवद्धतामै व्यवसायी र मतदाताकाे अमुल्य मत र विश्वास खेर गैरहने हाे त?

चाँगुनारायण नगरपालिका–६ नगरकोटका वडाध्यक्ष धनबहादुर लामाले वर्षौंदेखि जनताले आन्दोलन गरे पनि कुनै पनि सरकारले यहाँका बासिन्दाको पीडा नबुझेको बताए।
‘स्थानीय बासिन्दा र व्यवसायीले पटकपटक सडक बन्द गराएर दबाब दिए पनि निर्माण व्यवसायीले उल्टै धम्क्याए’, उनले भने।

नगरकोटवासी र व्यवसायीले सडक किनारादेखि सार्वजनिक यातायातसम्ममा विरोध गरेका थिए भने चाँगुनारायण नगरपालिका वडा नम्बर ६ र ७ का वडाध्यक्षहरुले असारमा तीन दिनसम्म सडकमै वडा कार्यालयको काम गरेर विरोध जनाएका थिए।

शैलुङ कन्स्ट्रक्सनका प्रतिनिधि अनुप अधिकारीले भने बीचबीचमा रूख कटान, विद्युत पोल सार्न समस्या आएको र भूकम्पका कारण केही ढिलाइ भएको र ९० प्रतिशत काम सम्पन्न भइसकेको दाबी गर्छन्। उनले मन्त्री श्रेष्ठसँग अनुगमनका क्रममा अबको एक महिनामा आयोजना सम्पन्न गरेर हस्तान्तरण गर्न नसके फेरि पनि म्याद थपिदिनुस् भन्दै नजाने र सरकारले जुनसुकै कदम चाले पनि स्वीकार गर्ने बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved