Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पर्यटक लाई पर्खेका गोतामकोटका गाउँहरु

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 31, 2021
1K shares

हरि जिज्ञासु- कुनै दिन एउटै रुकुम हुँदा हामी पूर्वी रुकुमका केही सुन्दर गाउँहरुको फोटो हेरेर अथवा स्थलगत भ्रमण गरेर मजा लिने गर्थियौँ । स्थानीय सरकार गठन गर्नेक्रममा रुकुमलाई विभाजन गरेर रुकुम पूर्ब र रुुकुम पश्चिम नामाकरण गरेपछि पश्चिम रुकुमले भौगलीक सौन्दर्यता खोज्नुपर्ने भयो । पूर्वी रुकुमलाई हिमाली जिल्ला घोषणा गरेपछि त्यहाँको सौन्दर्यताको त झन बयान गरी साध्यै छैन । पूथा हिमालको मुस्कानले पूर्वी रुकुमका मगरबस्तीहरु पनि सँधै मुस्कराईरहेका हुन्छन् । स्थानीय सरकार गठन भएपछि रुकुमका विकट गाउँहरु सडक सञ्जालमा जोडिदै आएका छन् ।

सडक सञ्जाल सुन्दर गाउँसँग जोडिनुले गाउँ हेरेर रमाउने आन्तरीक तथा बाह्य पर्यटकलाई अलि सजिलो भएको छ । हामीले विषेश गरी बुज्नुपर्ने कुरा के हो भने पूर्वी रुकुमको सुन्दर भूभागको दृष्यलाई पर्यटकहरुसँग जोड्न लुम्बेनी प्रदेश सरकारलाई जिम्मा दिएर कर्णाली प्रदेशमा पर्ने पश्चिम रुकुमको पर्यटकीय स्थलको खोजि गर्नु आवश्यक छ । अन्य स्थानीय तह मध्ये भौगलीक रुपमा ठूलो रहेको आठविसकोट नगरपालिकामा पर्ने केही भूभागहरु पूर्वी रुकुमका हिमालहरुसँग सिमाना जोडिएका छन् । रुकुमको पहिचान बोकेको सिस्ने हिमालको आदा भाग आठविसकोट नगरपालिकाभित्र पर्छ ।

आदा भाग पश्चिम रुकुमको आठविसकोट नगरपालिकामा पर्ने भएकाले त्यसका छेउछाउका गाउँहरु भनेकै गोतामकोट र स्याँलाखदी हुन् । गोतामकोट गौतमहरुको उद्गमस्थलको रुपमा पनि चिनिन्छ । गोतामकोटका गाउँहरु स्थानीय भाष अनुसार जातिगत रुपमा नामकरण गरिएका छन् जस्तै ‘ विष्ट गाउँ, थापा गाउँ, सार्की गाउँ लगायत अन्य । यदि कोही सिस्ने हिमाल आरोहन गर्न चाहान्छ वा त्यहाँको दृष्यहरुलाई क्यामरामा कैद गर्न चाहान्छ भने स्याँलाखदी र गोताकोटका गाउँहरुको सौन्दर्यताको मजा लिनै पर्छ ।

सडक सञ्जाल गाउँमा जोडिनुलाईमात्र विकास मानिदैन । विकास हुनको लागि सडक सञ्जाल जोडिनुसँगै गाउँका बासिन्दाहरुको चेतनामा विकास हुनुपर्छ । स्थानीय सरकारले गाउँलाई केही चेतनाको मार्गमा हिडाउने प्रयास गरेतापनि अझै चेतनाको विकास भएको देखिदैन । एउटै प्रकारका घरहरु टम्म मिलेर सजिनुलाई मात्र पनि विकास हुँदैन । हामीले चाहेको विकास भनेकै चौतर्फी विकास हो । कोभिड १९ का कारण लामो समय रहेको लगडाउनको कारण यो पटक गाउँ पुग्ने मौका मिल्यो । गाउँ पुगेपछि आठविसकोट नगरपालिकाको विभिन्न गाउँहरुको भ्रमण गरेँ ।

May be an image of nature and tree

गोतामकोट र स्याँलाखदीका विभिन्न गाउँहरुको सौन्दर्यपूर्ण दृष्यले मलाई छुट्टै आनन्दको महसुस् भयो । एउटै डिजाइनमा निमार्ण भएकाहरु घरहरु । ढुङ्गा खानीमा गएर आफ्नै मौलिक सीपले उत्पदान गरेका ढुङ्गाले छाएका । यी सुन्दर गाउँहरुको दृष्य क्यामरामा कैद गर्नकोलागि यी गाउँहरु तर्फ मेरो क्यामराको लेन्स गाउँतर्फ तेर्साएँ । सुन्दर गाउँहरु आन्तरीक तथा बाह्य पर्यटकहरुलाई स्वागत गर्नकोलागि आतुर रहेका छन् । गाउँहरुको आशा र पर्यटकहरुको सौन्दर गाउँहरु भ्रमण गर्ने चाहानालाई पूरा गर्नकालागि प्रदेश तथा स्थानीय सरकारले केहि विशेष कदम चाल्नुपर्ने हुन्छ ।

May be an image of outdoors

नेपालको कुल जनसंख्या मध्ये केही जनसंख्यालाई आफ्नो घर खर्च धान्न हम्मे–हम्मे परेता पनि कतिपयको आर्थिक उन्नती राम्रो भएर भौतिक आनन्द लिन चाहान्छन् । आर्थिक रुपमा राम्रा रहेका नागरिकहरुलाई भ्रमर्णको आवश्यकता पर्दछ । हाम्रा गाउँहरुहरुमा पर्यटकहरु भित्रिन थाले भने हाम्रो गाउँहरुको आर्थिक उन्नती तथा अन्य विकासकालागि ढोकाहरु खोल्छन् । त्यसकारण आठविसकोटका रमणीय दृष्यहरुप्रति कर्णाली प्रदेश सरकार र स्थानीय सरकारको ध्यान जाओस् । मेरो आशा

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

खाद्य सार्वभौमिकता र खाद्य सुरक्षामा अध्ययनलाई निरन्तरता दिनुप...

  • July 23, 2026

नेकपाकालाई छोडेर नेता कार्यकर्ताले श्रम संस्कृति पार्टीलाई रोजे

  • July 23, 2026

अमेरिकामा नेपाली करातेको ऐतिहासिक उपलब्धि: सिहान शान्त थोकर सा...

  • July 23, 2026

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

  • July 23, 2026

धर्मको नाममा घृणा होइन, मानवता र प्रेम आवश्यक : गायिका सत्यकला...

  • July 23, 2026

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, बाँझो निजी जग्गा अब उत...

  • July 23, 2026

बागमतीमा एक वर्षमा ४४ सडक पुल निर्माण, ६३.४० प्रतिशत बजेट खर्च

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved