Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जहाँ गिद्धको आहार बनाउन गाई पालिन्छ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • January 16, 2023
12 shares

काठमाडौं । गिद्धको चारो व्यवस्थापनकै लागि त्यस क्षेत्रमा दुई दर्जनभन्दा बढी गाई पालिएको छ । पशुपालक किसानहरूले बुढा भएका तथा बेत बसेका गाईहरू उक्त रेस्टुरेन्टमा ल्याएर निःशुल्क दिने गरेको स्थानीय योगेश खतिवडा बताउँछन् ।

एक अध्ययन अनुसार सिनो व्यवस्थापनको मूल्य तोक्ने हो भने एउटा गिद्धले करिब ११ हजार अमेरिकी डलर बराबरको आर्थिक सहयोग पुर्‍याउँछ । सोही कारण विश्वमा गिद्ध संरक्षण गर्न ठूलो लगानी खर्च पनि भइरहेको छ ।

सुनसरीको बराहक्षेत्र–८ मा रहेको रेस्टुरेन्टमा झण्डै १२० भन्दा बढी गिद्ध रहेको अनुमान छ । सो क्षेत्रमा जाडोको मौसममा हिमाली गिद्धहरु पहाडबाट झर्छन् । फागुनको अन्तिमसम्म बसेर गर्मी महिना लागेसँगै ती गिद्ध फेरि पहाडतिर लाग्छन् । साइबेरियाबाट कोशी टप्पुमा विभिन्न चरा आए पनि गिद्ध भने सो क्षेत्रमा नेपाल बाहिरबाट आउँदैनन् ।

नेपालमा जटायु रेस्टुरेन्ट जम्मा ६ वटा छ । त्यसमध्ये प्रदेश १ मा यही एउटा मात्रै हो । ‘हामीले अनुभव गरेको के हो भने महामारी वा प्राकृतिक विपद्को बेलामा जथाभावी जीवजन्तु मरे र सम्हाल्नै नसक्ने अवस्था भयो भने गिद्धले सफा गर्छ,’ स्थानीय योगेश खतिवडा भन्छन्, ‘पृथ्वीको सफा गर्ने कुचिकार भनेकै गिद्ध हो । पृथ्वीलाई सफा गर्छ भने यसलाई संरक्षण गर्नुपर्छ ।’

यो क्षेत्रमा जटायु रेस्टुरेन्ट बनाउनुको उद्देश्य सुनसरीलाई विश्वमा चिनाउनु रहेको उनको भनाइ छ । ठूलो जंगल क्षेत्र रहेको सो रेस्टुरेन्टको नजिकै मानिसहरूको मनोरञ्जनका लागि पार्क निर्माणका लागि भौतिक संरचना धमाधम बनिरहेका छन् । गिद्ध संरक्षणमा विश्वले धेरै डलर खर्च गरे पनि यहाँसम्म कम आउने गरेको खतिवडा बताउँछन् ।

गिद्ध ८ दिनसम्म नखाई बाँच्छ । यहाँ १ सय हाराहारीमा गिद्ध छन् । अध्ययन अनुसार एउटा गाई खानका लागि त्यहाँका गिद्धले १८ मिनेट लगाएका थिए । उक्त रेस्टुरेन्टको सबै व्यवस्थापन रामधुनी सामुदायिक वन सालबन्दीले गरिरहेको छ । उक्त वनले गिद्ध संरक्षण थालेको ८ वर्ष नाघ्यो । सो क्षेत्रको प्रचार प्रसार र लगानी कम छ । गिद्धको आहाराका लागि त्यहाँ गाईपालन गरिएको छ ।

गिद्ध मांशाहारी भए पनि जिउँदो जनावरमाथि कुनै आक्रमण गर्दैन । यसले मरेको सिनो मात्रै खान्छ । यिनीहरू आपसमा कहिल्यै झगडा गर्दैनन् ।

 

सिनो फालेपछि सुरुमा काग आउँछ । कागले कराएर सन्देश टाढा टाढा पुर्‍याएसँगै गिद्ध आउन थाल्छन् । अनुसन्धान अनुसार सिनो हालेको आधा घण्टामा गिद्धहरु आइपुग्छन् । गिद्धले ८० कोष टाढासम्म देख्ने अनुसन्धाताहरू बताउँछन् ।

सो रेस्टुरेन्टमा गाईबाहेक मरेका बाख्रा, कुकुर, भैँसी पनि जनताले ल्याइदिन्छन् । पहिले सामुदायिक वनसँग सम्पर्क गरेर औषधि हाले–नहालेको चेकजाँचपछि डाक्टरको सिफारिसमा गिद्धलाई खान दिइन्छ । एक पटकमा एउटा हिमाली गिद्धले ८ किलोसम्म सिनो खानसक्छ ।

 

गिद्धको सङ्ख्या पहिलेको भन्दा बढेको छ । पहिलो पटक सर्भे गर्दा यसको गुँड सङ्ख्या ८ वटा थियो । दोस्रो पटक सर्भे गर्दा ११ वटा भेटियो । तेस्रो पटक सर्भे गर्दा १८ वटा भेटियो । ‘गुँड बढ्नु भनेको यसको सङ्ख्या बढेको हो,’ खतिवडा भन्छन् । एक जोर गिद्धले एक पटकमा एउटा अण्डाबाट एउटै चल्ला कोरल्छ । बुढाखाडा, बेत बसेका गाईहरू किसानले निःशुल्क पनि दिने गरेका छन् । यसलाई हेरचाहका लागि कर्मचारी नै राखिएको छ ।

‘नेपालमा हाडफोर, सेतो, डंगर, सानो खैरो, खैरो, हिमाली, राज, सुन र लामो ठुँडे गरी ९ प्रजातिका गिद्ध पाइने सो विषयका जानकार बताउँछन् । ती गिद्धमध्ये डंगर गिद्ध, सानो खैरो गिद्ध, सुन गिद्ध र लामो ठुँडे गिद्ध अति सङ्कटापन्न सेतो गिद्ध सङ्कटापन्न, हिमाली र हाडफोर गिद्ध सङ्कटको नजिक र खैरो गिद्ध सामान्य अवस्थामा छन्,’ करुण देवानले हिमाल खबरमा लेखेको एक आलेखमा भनिएको छ, ‘नेपालमा पाइने गिद्धहरूमध्ये ६ प्रजाति गिद्धहरूले मात्र गुँड बनाई बच्चा कोरल्छ । डंगर, सानो खैरो र सुन गिद्ध रूखमा गुँड बनाउने प्रजाति हुन् भने हिमाली, हाडफोर र सेतो गिद्धले पहरामा गुँड बनाउने गर्छन् । अरू चरा प्रजाति जस्तै गिद्धको पनि भाले पोथी सजिलै छुट्याउन सकिन्न ।’

सोही लेख अनुसार १९९० को दशकमा नेपालमा करिब १० देखि १६ लाख गिद्ध थिए । तर हाल २० हजार भन्दा कम गिद्ध छन् । नेपाल पंक्षी संरक्षण संघको सन् २००२ देखि २०११ सम्मको अध्ययनले डंगर गिद्ध ९१ प्रतिशत र सानो खैरो गिद्ध ९६ प्रतिशतले घटेको देखाएको छ । यो लेख अर्जुन आचार्यले रातोपाती डटकममा लेखेका छन

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जानकि मन्दिर प्रवेशमा हर्कलाइ लगाईएकाे राेक प्रति पार्टीको गम्...

  • July 21, 2026

‘उत्पादन र निर्यात बिना देश समृद्ध बन्न सक्दैन’ : ...

  • July 21, 2026

आर्थिक वर्ष २०८२/८३ मा लागुऔषध नियन्त्रण ब्यूरोको उल्लेखनीय सफ...

  • July 21, 2026

जन्मदिनको पार्टीमा कुटाकुट, भक्तपुरमा एक युवाको मृत्यु; ३० जना...

  • July 21, 2026

फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र...

  • July 21, 2026

३ प्रतिशत समता शुल्क स्थगित, निजी अस्पताल र कलेजमा १० प्रतिशत ...

  • July 21, 2026

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फ...

  • July 21, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved