Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

लुम्बिनी विकास बैंक लिमिटेडमा बोहराको दोस्रो कार्यकालको पदबहाली

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 22, 2022
0 shares

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले दोस्रो कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृतमा श्री नरेश सिंह बोहरालाई मिति २०७९/०४/०२ गतेबाट लागु हुने गरी ४ बर्षको पदावधि सहित नियुक्ती गरे पश्चात  एक कार्यक्रमको आयोजना गरी बैंकले उहॉलाई स्वागत गरेको छ ।

 

उक्त पदबहाली कार्यक्रममा बैंकका सञ्चालक समितिका मनोनित अध्यक्ष श्री प्रविण कृष्ण श्रेष्ठ, बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत श्री पवन ढकाल, नायब प्रमुख कार्यकारी अधिकृत श्री उमेश रेग्मी, विभागीय प्रमुखहरु, शाखा प्रबन्धकहरु लगायत कर्मचारीहरुको हर्षोल्लासपूर्ण उपस्थिती रहेको थियो ।

 

श्री नरेश सिंह बोहराले यस बैंकको पहिलो कार्यकालमा उल्लेख्य सफलता हॉसिल गर्दै बैंकलाई एक उत्कृष्ट बैंकको रुपमा स्थापित गराउन महत्वपूर्ण भूमिका खेल्नु भएको थियो । उहॉको कार्यकालमा बैंकको चुक्ता पु‘जी २.१० अर्बबाट बृद्घि भएर ३.२८ अर्ब पुगेको छ । बैंकको निक्षेप २२.९६ अर्बबाट बृद्घि भएर ४५.१४ अर्ब पुगेको छ भने बैंकको कर्जा लगानी २२.७५ अर्बबाट बृद्घि भएर ४१.१३ अर्ब पुगेको छ ।

 

उहॉको कार्यकालको ४ बर्षमा बैंकका शेयरधनी महानुभावहरुलाई कुल ६०.७५% लाभांस वितरण गरिएको छ । बैंकको निष्कृय कर्जा ३.३४% बाट घटेर १.६८% कायम भएको छ भने शाखा सञ्जाल ६५ बाट बढेर सातवटै प्रदेशमा गरी ८६ पुगेको छ ।
श्री नरेश सिंह बोहराले भारतको अग्रणी इलाहबाद विश्वविद्यालयबाट बि.एस्सी र एम.बि.ए. सम्मको योग्यता उत्कृष्ट अङ्कका साथ पुरा गर्नु भएको छ भने बिगत २५ बर्षदेखि नेपालको बिभिन्न बैंक तथा वित्तीय संस्थामा रहि सफलताका साथ कार्य गर्दै आउनु भएको छ ।

 

ब्यवस्थापन प्रशिक्षार्थीको रुपमा सन् १९९७ मा तत्कालिन नेपाल बंगलादेश बैंकबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरी माछापुच्छ्रे बैंकमा प्रबन्धकीय तहमा विभागीय प्रमुखको भूमिका समेत निभाउनु भएको थियो । उहॉले तत्कालिन युनाइटेड फाइनान्समा महाप्रबन्धकको रुपमा र तत्कालिन नारायणी नेशनल फाइनान्स लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत भूमिकामा साथै तत्कालिन देवः विकास बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा पनि कुशलता पूर्वक भूमिका निर्वाह गर्नुभएको थियो । उहॉको आगामी कार्यकालमा बैंकले अझै उन्नति र प्रगति गर्ने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने

  • July 24, 2026

२९ जना इन्स्पेक्टरको खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्दै प्र...

  • July 24, 2026

आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना

  • July 24, 2026

अवैध अनलाइन बेटिङकाे २ लाख एप बन्द

  • July 24, 2026

कुन कुन राजमार्ग बन्द छ त आज, यात्रा गर्नु अघि हेर्नुहाेस

  • July 24, 2026

खाद्य सार्वभौमिकता र खाद्य सुरक्षामा अध्ययनलाई निरन्तरता दिनुप...

  • July 23, 2026

नेकपाकालाई छोडेर नेता कार्यकर्ताले श्रम संस्कृति पार्टीलाई रोजे

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved