Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपालमा श्रीलङ्काको जस्तै सङ्कट आयो भने ?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 12, 2022
12 shares

काठमाडौं । श्रीलङ्कामा अहिले ठूलो उथलपुथल भइरहेको छ। त्यहाँ उत्पन्न भए जस्तो आर्थिक सङ्कट दक्षिण एशियाका केही अरू देशमा पनि आउन सक्ने सङ्केत देखा परेको छ। त्यस्तो खालको सङ्कट नियन्त्रण गर्न जुन खालको राजनीतिक वा नेतृत्व क्षमता आवश्यक पर्छ त्यो ती देशमा छैन।

ती देशमा आर्थिक सङ्कटसँगै राजनीतिक नेतृत्वको जुन सङ्कट देखिएको छ त्यो विचित्र किसिमको छ। श्रीलङ्कालाई हामीले कहिल्यै पनि असफल राष्ट्रका रूपमा हेरेका थिएनौँ। त्यहाँको आर्थिक स्थिति राम्रो थियो र सामाजिक मापकहरू पनि राम्रै थिए।

झन्डै तीन वर्षअघि मात्रै पनि श्रीलङ्कालाई उदाउँदो अर्थव्यवस्थाका रूपमा लिने गरिएको थियो। तर जसरी अवस्था बिग्रियो त्यो राजनीतिक नेतृत्वको कमजोरीले गर्दा भएको हो भनेर मान्न सकिन्छ। देशको आर्थिक अवस्था बिग्रिन नदिन त्यहाँको नेतृत्व विफल भयो।

दक्षिण एशियाका अन्य देशमा पनि सङ्कट

यस प्रकारको सङ्कटलाई नियन्त्रणमा राख्न पाकिस्तान वा नेपालजस्ता देशहरू सफल हुन्छन् कि हुँदैनन् अनि त्यहाँ यस्तो सङ्कट समाधान गर्न सक्षम राजनीतिक संरचना छ कि छैन भन्ने प्रश्नबारे विचार गर्नुपर्छ।

पाकिस्तानमा त्यस्तो सम्भव हुन्छ भन्ने मलाई लाग्दैन। नेपालमा पनि यस्तो आर्थिक सङ्कट देखियो भने राजनीतिक संरचनाअन्तर्गत नै समाधान फेला पर्छ भन्नेमा आशङ्का छ।नेपालमा श्रीलङ्काको जस्तो आर्थिक सङ्कट आयो भने त्यसलाई नियन्त्रण गर्ने क्षमता राजनीतिक नेतृत्वसँग छैन। किनभने त्यहाँ गहिरो राजनीतिक विभाजन छ।

अहिले राजनीतिक र आर्थिक समस्या दुवै देखा परेका छन्। यसको मार दक्षिण एशियाका मानिसहरूले भोग्नुपरेको छ।

श्रीलङ्कामा देखिएको आर्थिक सङ्कटमा चीन पनि जिम्मेवार

श्रीलङ्का, पाकिस्तान र नेपाल तीनवटै देशमा चीनको स्वार्थ छ। श्रीलङ्कामा उसले जुन भूमिका खेल्यो त्यसलाई कसरी हेर्ने भन्ने प्रश्न पनि उठेको छ। श्रीलङ्कामा चीनको भूमिका एकदमै गैरजिम्मेवार रह्यो। चीनले श्रीलङ्कालाई ठूलो परिमाणमा ऋण दियो र त्यहाँ लगानी गर्‍यो। उसको त्यहाँ अत्यधिक प्रभाव थियो।

श्रीलङ्काको आर्थिक अवस्था यति डामाडोल हुनुमा चीन नै पूर्णरूपेण जिम्मेवार थियो भन्न त अहिले सकिँदैन, तर यस्तो अवस्था आउनुमा चीन पनि ठूलो कारण हो भन्न सकिन्छ।लगानी गर्ने कुरामा चीन सबैभन्दा अगाडि थियो। चीनले राजपक्ष परिवारलाई एकदमै धेरै पैसा दियो।

चीनले राष्ट्रपति, प्रधानमन्त्रीका निजी हितलाई ध्यान दिँदै त्यहाँ काम गरेको थियो। चीनले राजपक्ष परिवारबारे पूरै ध्यान पुर्‍याइएको थियो तर श्रीलङ्काली जनतालाई देखेको नदेख्यै गर्‍यो। मानिसहरूले राजपक्ष परिवारको सम्पत्ति निरन्तर बढेको तर आफ्नो आर्थिक अवस्था अझ नराम्रो भएको भेउ पाए।

चीनको व्यवहारबाट अरू देशले कस्तो पाठ सिक्नुपर्छ

श्रीलङ्कालाई सहयोग आवश्यक भएको बेला चीन कतै देखा परेन। विगत छ महिनादेखि श्रीलङ्काको आर्थिक स्थिति धरमराउन थालेको थियो। त्यहाँका मानिसहरूका अनुसार कोभिड-१९ महामारीको कारण श्रीलङ्काको अर्थतन्त्रमा जुन क्षति पुग्यो त्यसबाट उनीहरूले उम्किनै सकेनन्।

तर यस अवधिमा कतै पनि श्रीलङ्काको सहयोगका लागि चीनले कुनै पनि पहल गरेको देखिएन। श्रीलङ्कामा समस्या देखिँदा जसरी चीनले आफ्नो हात झिक्यो यसबाट अरू देशहरूले पनि पाठ सिक्नुपर्छ।

आर्थिक लाभ पाइने अवस्थामा चीन सबैभन्दा अगाडि देखा पर्छ। तर सहयोग गर्नुपर्ने वा समस्या समाधान गर्नुपर्ने अवस्थामा चीन पछाडि देखिन्छ। नेपालमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको चर्को विरोध हुने गरेको छ ।

नेपालमा पेट्रोलियम पदार्थ र अत्यावश्यक सामग्रीको मूल्य बढेकोमा सरकारको विरोध हुने गरेको छ

अहिले पनि तपाईँले हेर्नुभयो भने श्रीलङ्कामा चीन कतै पनि देखिएको छैन। त्यहाँ अहिले अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) र भारत सहयोगका लागि उभिएका छन्। भारतले सहयोग गर्न उल्लेख्य पहल पनि गरेको छ।

श्रीलङ्कामा अहिले सहयोग खोज्दै आईएमएफसमक्ष पुगेको छ। श्रीलङ्काले जब चीनसँग आफ्नो कर्जाको पुनर्संरचनाको कुरा उठायो उसले त्यसप्रति कुनै ध्यान दिएन। पाकिस्तान र नेपालमा पनि जुन किसिमले चीनको आर्थिक प्रभाव कायम छ परिणामस्वरूप तिनले पनि श्रीलङ्काको जस्तै अवस्था भोग्नुपर्ने हुनसक्छ।

श्रीलङ्काको अबको बाटो कस्तो

श्रीलङ्कामा अहिले जुन अवस्था छ त्यसबाट अगाडि जाने अबको बाटो के हो तरु त्यहाँ सबै दलहरू मिलेर सर्वदलीय सरकार बनाउने कुरा गरिरहेका छन्, तर त्यसले मात्रै निकास दिँदैन। पारस्परिक सहमतिमा निर्मित योजनासहित उनीहरू अन्तर्राष्ट्रिय मुद्राकोष समक्ष जानुपर्ने हुन्छ। बीबीसी

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्...

  • September 16, 2026

विपद्‌मा झल्किएको राष्ट्रिय एकता : मुस्लिम समुदायको अनुकरणीय म...

  • September 15, 2026

सरुवा कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै...

  • September 15, 2026

कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

  • September 15, 2026

बाढी तथा विपद्मा १ हजार ३ सय ८८ जनाको मृत्यु, ५ हजार १ सय ३० ब...

  • September 15, 2026

प्रतिनिधिसभाको बैठक आज, मन्त्रीहरूले मौखिक प्रश्नको जवाफ दिने

  • September 15, 2026

भोटेकोशी बाढीपीडितका लागि यूएई नेपाली फुटबल एसोसिएशनको राहत सहयोग

  • September 14, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved