Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

थापाथलीको सुकुमबासी बस्ती हटाइयो : अधिकांशसँग अन्यत्रै जग्गा रहेको खुलासा (सप्रमाण पढ्नुहाेस)

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • April 25, 2026
6 shares

काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुमबासी बस्ती सरकारको सक्रियतामा खाली गराइएको छ। ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी बस्ती हटाइँदा त्यहाँ बसोबास गर्दै आएका करिब ९० प्रतिशत व्यक्तिसँग देशका विभिन्न स्थानमा आफ्नै जग्गा रहेको सरकारी तथ्यांकले देखाएको छ।

सरकारले दुई दिनअघि नै सूचना जारी गर्दै बस्ती खाली गराउने तयारी गरेको थियो। सोहीअनुसार आज बिहानैदेखि अभियान सुरु गरिएको हो। गृहमन्त्रीको जिम्मेवारीसमेत सम्हालिरहेका प्रधानमन्त्री बालेन्द्र शाहले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दै निर्धारित समयभित्र बस्ती हटाउन निर्देशन दिएका थिए।

काठमाडौं उपत्यका विकास प्राधिकरण (केभीडीए) ले वि.सं. २०८१ मा गरेको सर्वेक्षणअनुसार थापाथली क्षेत्रमा ३९१ जना सुकुमबासी रहेको विवरण सार्वजनिक भएको थियो। तर नागरिकता नम्बरका आधारमा गरिएको थप अनुसन्धानमा तीमध्ये ९० प्रतिशतभन्दा बढीको अन्यत्रै जग्गा रहेको फेला परेको छ। प्राधिकरणका अनुसार वास्तविक सुकुमबासीको संख्या ५ देखि ७ प्रतिशत मात्रै हुनसक्ने अनुमान गरिएको छ।

प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार केही व्यक्तिका नाममा विभिन्न जिल्लामा उल्लेख्य परिमाणमा जग्गा रहेको देखिएको छ। कतिपय व्यक्तिहरू घरजग्गा कारोबारमा संलग्न हुनसक्ने अनुमानसमेत गरिएको छ।

भूमिसम्बन्धी ऐन, २०२० तथा राष्ट्रिय भूमि आयोगको कार्यविधिअनुसार नदी किनार, सडकको राइट–अफ–वे, वन क्षेत्र तथा जोखिमयुक्त स्थानमा जग्गा उपलब्ध गराउन नमिल्ने व्यवस्था छ। यस्ता स्थानमा बसोबास गर्ने नागरिकलाई सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्नुपर्ने मापदण्ड रहेको छ।

कानुनअनुसार वास्तविक सुकुमबासीलाई भने सुरक्षित स्थानमा सहरी क्षेत्रमा बढीमा १३० वर्गमिटर र ग्रामीण क्षेत्रमा ३४० देखि ३ हजार वर्गमिटरसम्म जग्गा निःशुल्क उपलब्ध गराउन सकिने व्यवस्था छ।

नदी किनारका बस्ती हटाउने सरकारी नीति भने नयाँ होइन। यसअघि बाबुराम भट्टराई प्रधानमन्त्री रहँदा २०६९/०७० सालमा यस्ता बस्तीलाई स्थानान्तरण गर्ने प्रयास गरिएको थियो। सो क्रममा करिब १४ करोड रुपैयाँ लागतमा २३३ परिवार अट्ने चार वटा अपार्टमेन्ट निर्माण गरिए पनि सुकुमबासीहरू त्यहाँ बस्न नमानेपछि समस्या समाधान हुन सकेको थिएन।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved