Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

हिमालयन बैंक लिमिटेडमा सिभिल बैंक लिमिटेड गाभिने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 7, 2022
3 shares

काठमाडौं । हिमालयन बैंक लिमिटेडमा सिभिल बैंक लिमिटेड गाभिने भएको छ । हिमालयनले सिभिल बैंकलाई प्राप्ति (एक्विजिसन) गर्नेसम्बन्धी प्रारम्भिक सम्झौतापत्र (एमओयू)मा शुक्रबार हस्ताक्षर हुने भएको छ ।

शुक्रबार २ घण्टा मात्रै सेयर कारोबार हुने भएकोले कारोबार समयपछि काठमाडौंको एक होटलमा सम्झौतापत्रमा हस्ताक्षर हुने एक सञ्चालकले बताए ।

बिहीबार बसेको हिमालयन बैंक सञ्चालक समितिको बैंठकले सिभिल बैंकलाई प्राप्ति गर्न सम्झौता गर्न स्वीकृत प्रदान गरेको छ । सिभिल बैंकले पनि बिहीबार नै सञ्चालक समिति बैंठक बोलाएको छ ।

संयुक्त कारोबार हिमालयन बैंकको नामबाट गर्ने र हिमालयनले सिभिल बैंकलाई प्राप्ति गर्ने प्रस्ताव हिमालयन बैंकको बोर्ड बैठकले स्वीकृत गरेको हो । हिमालयन बैंकमा हाल १०० कित्ता सेयर रहेको सिभिल बैंकमा सेयरधनीको मर्जरपछि ८१ कित्ता सेयर हुने अनौपचारीक सहमति भएपनि एमओयूमाको ड्राफ्टमा भने उक्त कुरा समावेश नभएको स्रोतले बतायो ।

कर्मचारी समायोजन, सञ्चालक समिति, उच्च व्यवस्थापन कोर बैंकिङ सिस्टम लगायतका विषय के हुने भन्ने सहमति नभएको र अहिलेसम्म डीडीए भएको छैन । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावलीले सम्पत्ति र दायित्वको मूल्यांकन (डीडीए) गर्दा आउने सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) भन्दा मर्जर गर्न लागेको रेसियो १० प्रतिशत भन्दा तलमाथि भएमा डीडीए रिर्पोटअनुसार हुनपर्ने व्यवस्था गरेको छ ।

हिमालयन बैंक सञ्चाल समितिको बैठकले १००ः८१ प्रतिशत स्वाप रेसियो हुने सहमति गर्दा डीडीएमा १० प्रतिशत भन्दा बढीले तलमाथि भएमा के गर्ने प्रश्न केही सञ्चालकले उठाएका थिए । तर, बैंकका अध्यक्ष सहितका मर्जर समितिमा रहेका सदस्यले त्यसमा मिलाउने भनेपछि एमओयूका लागि स्वीकृत प्रदान गरेको एक सञ्चालकले बताए ।

२०७८ वैशाखमा नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्जरमा जाने प्रारम्भिक सहमति भए पनि स्वाप रेसियो लगायका विषयमा विवाद भएपछि उक्त मर्जर असफल भएको थियो । १ः१ को स्वाप रेसियोमा मर्जरमा जाने प्रारम्भिक सहमति गरेको भएपनि हिमालयन बैंकको साधारण सभाले उक्त स्वाप रेसियोमा मर्जरमा जान नसकिने भन्दै मर्जर प्रस्ताव अस्वीकृत गरेपछि सम्झौता भएको ९ महिनापछि मर्जर तोडिएको थियो ।

उक्त मर्जर प्रक्रिया असफल भएपछि नेपाल इन्भेष्टमेन्ट बैंंकले मेगा बैंकसँग प्रारम्भिक सम्झौता गरिसकेको छ । हिमालयन बैंकले पनि सिभिल बैंकलाई प्राप्ति गर्ने सम्झौता गर्न तयारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

रिफर कार्ड अनिवार्य भएपछि भक्तपुर अस्पतालमा सेवाग्राहीको भिड

  • July 24, 2026

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने

  • July 24, 2026

२९ जना इन्स्पेक्टरको खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्दै प्र...

  • July 24, 2026

आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना

  • July 24, 2026

अवैध अनलाइन बेटिङकाे २ लाख एप बन्द

  • July 24, 2026

कुन कुन राजमार्ग बन्द छ त आज, यात्रा गर्नु अघि हेर्नुहाेस

  • July 24, 2026

खाद्य सार्वभौमिकता र खाद्य सुरक्षामा अध्ययनलाई निरन्तरता दिनुप...

  • July 23, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved