काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) एमालेका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले ल्याएको झण्डै १८ खर्बको बजेट कार्यान्वयन हुने सम्भावना नरहेको बताएका छन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै पाण्डेले आगामी वर्ष चुनावी वर्ष समेत भएकाले जम्मा चार महिनामात्रै काम हुने अवस्थामा सरकारले विनियोजन गरेको बजेट खर्च हुनसक्ने सम्भावना नरहेको दावी गरे ।

उनले भने ‘साउनदेखि बजेट कार्यान्वयनमा जान्छ । साउन/भदौ वर्षा लाग्छ । त्यसपछि चाडबाडको समय सुरु हुन्छ । त्यसलगत्तै मंसिरमा चुनाव हुन्छ । अनि काम गर्ने समय जम्मा जम्मी चार महिनामा १८ अर्व खर्च गर्नुहुन्छ ? सम्भव छ ?’, पाण्डेले अर्थमन्त्रीलाई प्रश्न गरे ।










