Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सभामुख अर्यालले आज नवौँ नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी उद्घाटन गर्दै

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • September 17, 2026
971 shares

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले आज काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ‘नवौँ नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ को उद्घाटन गर्ने भएका छन्।

नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा चेम्बरसँगको सहकार्यमा नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघले संयुक्त रूपमा आयोजना गरेको प्रदर्शनीको उद्घाटन बिहान १०ः३० बजे सभामुख अर्यालले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

चार दिनसम्म अर्थात् बिहीबारदेखि आइतबारसम्म सञ्चालन हुने प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ। प्रदर्शनी संयोजक रोशन भोयद्योका अनुसार प्रदर्शनीस्थलमा स्टल निर्माणको काम बुधबारसम्म सम्पन्न भएको छ।

‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नारासहित आयोजना हुन लागेको प्रदर्शनीमा अपार्टमेन्ट तथा संयुक्त आवास, जग्गा विकास आयोजना, निर्माण सामग्री, सिमेन्ट, स्टिल, काठ, ग्लास, पेन्ट्स, सेनिटरी, पाइप तथा फिटिङ्स, विद्युतीय उपकरण, इन्टेरियर डिजाइन, सौर्य ऊर्जा, रेन वाटर हार्वेस्टिङ, फोहोर व्यवस्थापन, सुरक्षा प्रणाली, स्वचालन प्रविधि, प्रिफ्याब तथा युपिभिसी ढोका–झ्याललगायतका सामग्री तथा प्रविधि प्रदर्शन गरिनेछ।

त्यसैगरी बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, अस्पताल तथा स्वास्थ्य सेवा, इन्जिनियरिङ तथा वास्तुकला परामर्शदाता, घरजग्गा विकासकर्ता तथा निर्माण व्यवसायसँग सम्बन्धित संस्था र व्यवसायीको समेत सहभागिता रहनेछ। नेपालसँगै भारतका विभिन्न कम्पनी तथा व्यवसायीसमेत प्रदर्शनीमा सहभागी हुने आयोजकले जनाएको छ।

प्रदर्शनीलाई घरजग्गा खरिद–बिक्रीमा मात्र सीमित नगरी सुरक्षित, व्यवस्थित तथा वातावरणमैत्री आवास निर्माणसम्बन्धी जानकारी र परामर्श दिने थलोका रूपमा विकास गर्ने तयारी गरिएको छ। भूकम्प प्रतिरोधी घर निर्माण तथा वास्तुकलासम्बन्धी विज्ञले अवलोकनकर्तालाई निःशुल्क परामर्श दिने व्यवस्था गरिएको छ।

प्रदर्शनीको मुख्य आकर्षणका रूपमा समसामयिक आवास तथा पूर्वाधारका विषयमा प्यानल छलफलसमेत आयोजना गरिनेछ। जलवायु परिवर्तन, विपद् प्रतिरोधी पूर्वाधार, सुरक्षित बस्ती पुनरुत्थान तथा सार्वजनिक–निजी साझेदारीलगायतका विषयमा नीति निर्माता, सरकारी अधिकारी, इन्जिनियर, आर्किटेक्ट, निजी क्षेत्र तथा विज्ञबीच छलफल हुने आयोजकले जनाएको छ।

आधुनिक तथा वातावरणमैत्री निर्माण प्रविधिलाई समेत प्रदर्शनीमा प्राथमिकता दिइएको छ। सौर्य ऊर्जा, वर्षाको पानी संकलन तथा पुनःप्रयोग, ऊर्जा बचत, फोहोर व्यवस्थापन र स्मार्ट प्रविधिमा आधारित समाधान प्रस्तुत गरिनेछ। डिजिटल स्ट्यान्डी, विद्युतीय कियोस्क, डिजिटल डिस्प्ले तथा भर्चुअल र अग्मेन्टेड रियालिटी प्रविधिको प्रयोगमार्फत प्रदर्शनीलाई कागजरहित बनाउने प्रयास गरिएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार प्रदर्शनीका लागि १०० भन्दा बढी स्टल बुकिङ भइसकेका छन्। प्रदर्शनीमा ६५ हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अनुमान गरिएको छ।

प्रदर्शनीमा घर तथा जग्गा छनोट, निर्माण सामग्री, सुरक्षित निर्माण प्रविधि, वित्तीय सेवा तथा बीमासम्बन्धी जानकारी र प्रत्यक्ष परामर्शको व्यवस्था गरिएको छ। यससँगै स्वास्थ्य शिविर, रक्तदानलगायतका सामाजिक कार्यक्रमसमेत आयोजना हुनेछन्।

ओम अस्पताल तथा ग्रान्डे इन्टरनेसनल अस्पतालको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनेछ भने रसुवा बाढीपीडितका लागि निःशुल्क स्वास्थ्य उपचार प्याकेज उपलब्ध गराउने कार्यक्रमसमेत रहेको आयोजकले जनाएको छ।

प्रदर्शनीमा सीजी प्रोपर्टिज/सीजी होल्डिङ्स शीर्ष प्रायोजक, एसियन पेन्ट्स पावर्ड बाई तथा प्रभु इन्स्योरेन्स इन्स्योरेन्स पार्टनरका रूपमा सहभागी छन्। स्मार्ट पानी, केबी र यूएचएस होल्डिङ्सलगायतका संस्था सहयोगीका रूपमा रहेका छन्। प्रदर्शनी व्यवस्थापनको जिम्मेवारी सिया इभेन्ट एसोसिएट्स प्रालिले सम्हालेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

व्यवसायीलाई आयकर तथा भ्याटको ई–फाइलिङसम्बन्धी तालिम

  • September 17, 2026

सुनको मूल्य बढ्यो, तोलामा ८ सयले वृद्धि

  • September 17, 2026

देउवा पक्षमा ठूलो पहिरो, ३१ नेता गगन थापा नेतृत्वको कार्यसमिति...

  • September 17, 2026

दुई महिनामै सरकारको राजस्व संकलन १ खर्ब ८३ अर्ब रुपैयाँ

  • September 17, 2026

राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरको कार्यकाल तीन वर्षमा सी...

  • September 17, 2026

कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै ऊर्जा सचिव दवाडीको सरुवा

  • September 17, 2026

‘मुक्तिनाथ म्युचुअल फण्ड २’ को इकाई बिक्री आजदेखि

  • September 17, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved