Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सात दिन भित्र दिक्तेलका सडक ढलानकाे काम सुरु नगर्नेलाई कारवाहि गर्छाैँ : नगर प्रमुख भट्टराई

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 30, 2022
51 shares

खोटाङ । खोटाङ  जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारको सडक ढलानको काम शुरू नगरे कानुन अनुसार कारबाही गरिने भएको छ । विगत १ वर्ष देखी दिक्तेलबजारको बीच भागमा सडक ढलानको काम शुरू गरेर धराप थाप्ने सूर्य विकास जेभीलाई दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कारबाही गर्ने भएको हो ।

दिक्तेलबजारको मानव अधिकार चोकदेखि त्रिवेणीचोक सम्मको सडक ढलान गर्ने ठेक्का लिएको सूर्य विकास जेभीले सडक ढलानको काम स्थगित भएका कारण यातयात अवरुद्ध भएको, हिडडुल गर्न समेत समस्या भएको र निर्माणधिन सडक ढलान अलपत्र रहेका कारण सवारी दुर्घटनाको जोखिम समेत भएको भन्दै स्थानीयवासिहरूबाट व्यापक जनगुनासो आएकोले सो पत्रको मितिले सात दिन भित्र निर्माण कार्य पुनः सूचारू गर्न सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गालाई आवश्यक पहल गरिदिन नगरपालिकाले पत्र पठाएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले बताएका छन् ।

यस्तै, नगरपालिकाले सूर्य विकास जेभी सिरहा, लाहनलाई लिखित पत्र मार्फत निर्माणधिन सडक ढलान अलपत्र रहेका कारण सवारी दुर्घटनाको जोखिम समेत भएको स्थानीयवासिहरूबाट व्यापक जनगुनासो आएको हुँदा आजको मिति अर्थात १६ जेष्ठ सोमबारका दिनदेखि सात दिन भित्र पुनः दिक्तेलबजार सडक ढलान सूचारू गरी यथाशिघ्र निर्माण सम्पन्न गर्नका लागि आग्रह गरेको छ । अन्यथा सार्वजनिक खरिद अनुगमन लगायत सम्बन्धित निकायहरूमा कानुन बमोजिम कारबाहीको लागि सिफारिस गरिने भएको छ ।

यदि ७ दिन भित्र काम शुरु नगरे पक्राउ गर्ने र कडाभन्दा कडा कारबाही गरिने छ । नगरप्रमुख भट्टराई भन्छन् , “एक वर्ष देखि बजारको बीच भागमा काम शुरू गरेर धराप थाप्ने ठेकेदारप्रति हामी कानुनी कारबाहीमा जान्छौँ, र कानुनत जरीवाना तिराएर काम शुचारू गराउँछौँ ।” बजारलाई सफा, सुन्दर र हराभरा बनाउने जनाइएको छ । हाल सम्म सडक ढलानको भौतिक प्रगति हेर्दा करिब ६५ प्रतिशत मात्र भएको देखिएको सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गाका आयोजना प्रमुख तुल्सिराम खरबुजाले बताए।

आयोजनाले ठेकेदार कम्पनिको असार सम्मका लागि १३ लाख रुपैयाँ हर्जना राखेको जनाइएको छ । यदि असारसम्ममा पनि निर्माण कार्य भएन भने कालोसूचितर्फ जाने छ । आयोजना प्रमुख खरबुजा भन्छन्, “कालोसूचितर्फ जान हामीले वैङ्कलाई ताकेता गरेर निर्माण कम्पनिको जमानत थिच्ने प्रक्रिया पनि अगाढी बढाएका छौँ ।”   निर्र्माण कम्पनिले सडक ढलानको काम गर्छु भनिरहेको छ । जसरी पनि असार सम्ममा कार्य सम्पन्न गरिसक्ने प्रतिवद्धतासमेत निर्माण कम्पनिले जनाएको छ ।

सूर्य विकास जेभीले सघन सहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुङ्गाको २ करोड ७० लाख बजेटमा (भ्याटसहित) वि.सं. २०७८ चैत ८ गते सम्ममा बजार सडक ढलानको काम पूरा गर्ने गरी वि.सं. २०७८ असार ९ गते सम्झौता गरेको थियो । निर्माण कम्पनीले मानव अधिकार चोकबाट बेस क्याम्पसम्मको खण्डमा गत असोज २२ गते राति ढलान सकेको थियो । बेस क्याम्पदेखि नेपाल टेलिकमसम्मको सडक ढलान गर्न फराकिलो पार्न थालिए पनि अपेक्षित काम भने नभएको स्थानीयले बताएका छन् । हाल सम्म निर्माण कम्पनिले ९४ लाख रकम भुक्तानी लिइसकेको आयोजनाको कार्यालय ओखलढुङ्गाले जनाएको छ

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको ...

  • September 14, 2026

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

  • September 14, 2026

‘यसपटक तीजमा मन हाँसेको छैन’— विपत्तिको पीडाबीच हेटौँडा मेयर म...

  • September 14, 2026

आगामी निर्वाचनमा ९ दलीय अग्रगामी मोर्चाको साझा चुनाव चिह्न, स्...

  • September 12, 2026

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

  • September 12, 2026

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका ...

  • September 12, 2026

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved