काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सेयर जारी गरिने भएको छ ।
आइतबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनादर्न शर्माले आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।

सरकारले प्रिमियम मूल्यमा सर्वसाधारणलाई समेत सेयर बिक्री गर्ने भएको हो । प्राधिकरणको क्रेडिट रेटिङ भइसकेको मन्त्री शर्माले बताए ।










