काठमाडौं । सरकारले पुष्पलाल मध्यपहाडी लोकमार्गका लागि ९ अर्ब ३३ करोड बजेट छुट्याएको छ ।
आइतबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनादर्न शर्माले आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।

सरकारले आगामी वर्ष २३५ किलोमिटर सडक कालोपत्रे गर्न र १६ वटा पुल बनाउन उक्त रकम विनियोजन गरेको अर्थमन्त्री शर्माले जानकारी दिए ।










