Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपालले गरे हर्कराज साम्पाङको प्रशंसा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 24, 2022
39 shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कार्यकर्ताहरूलाई धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र रुपमा निर्वाचित हर्कराज राई साम्पाङजस्तो बन्न आग्रह गरेका छन् ।

मंगलबार हेटौंडामा आयोजित नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा मतदातालाई धन्यवाद कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले धरानको मेयरमा निर्वाचित भएका साम्पाङको आफू प्रशंसक रहेको भन्दै उनीजस्तै बन्न आग्रह गरेका हुन् ।

‘नमुना उम्मेदवारको रुपमा धरानको मेयरमा विजयी भएका व्यक्तिको लशनशीलताको म प्रशंसा गर्न चाहन्छु । साधारण, अत्यन्तै निराश भएका र दैनिक ज्यालादारी गरेर जीवनयापन गर्ने मानिसले ट्याम्पो चलाएर जनताको सेवा गर्ने गरेका रहेछन् । ट्याम्पोबाटै उनले बिरामीको उद्वार गर्ने गरेका रहेछन्। चुनाव आउने कहिले कहिले तर, थाहा पाउने बित्तिकै सहयोग गर्न पुग्दा रहेछन्’ उनले भने ।

असल गुण भएको मान्छेलाई सम्मान गर्नुपर्ने भन्दै कार्यकर्ता र नवनिर्वाचित जनप्रतिनिधिहरूलाई पनि सोहीअनुसार काम गर्न पनि उनले निर्देशन दिए । आफूहरुले राम्रोसँग काम गर्न नसक्दा देशैभरि स्वतन्त्र उम्मेदवारहरू बढेको समेत बताएका छन् ।

नेता नेपालले पार्टी बनेको छोटो समयमा नै चुनावमा होमिएर आफूहरुले राम्रो सफलता पाएको पनि दाबी गरे । नेपालमा रहेका सबै पार्टीहरूको तुलनामा एकीकृत समाजवादीको काम राम्रो भएकोले छोटो समयमा राम्रो सफलता पाएको उनको दाबी छ ।

‘विभिन्न ठाउँमा कुनै गठबन्धनको सहयोग नलिकनै हाम्रो सिंगो प्यानल विजयी भएको छ। गठबन्धनको प्रत्येक घटकहरु सँगसँगै चुनावमा भाग लिएका छन् र सबैले आ९आफ्नो हैसियत पनि मत परिणाममा देखेका छन्’, उनले भने ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

त्रियुगा नगर इसाई समाजको आफ्नै भवन उद्घाटन, सांसद बुर्जाले भने...

  • September 18, 2026

रसुवा बाढीपीडितका लागि उदयपुर इसाई समाजको ३ लाख ३२ हजार सहयोग

  • September 18, 2026

ऋण असुलीबाट समस्याग्रस्तका ५ सहकारीका १३५ जना बचतकर्ताले पाए र...

  • September 18, 2026

सानोठिमीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री अरुणको मृत्यु

  • September 18, 2026

लौहपुरुष गणेशमान सिंहको २९औँ स्मृति दिवस आज

  • September 18, 2026

राष्ट्रसंघ महासभामा सहभागी हुन इरानी राष्ट्रपति र विदेशमन्त्री...

  • September 18, 2026

आजका लागि विदेशी मुद्राको विनिमय दर

  • September 18, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved