काठमाडौँ । निरन्तर अग्रता दिँदै आएका भरतपुर महानगरका मेयर उम्मेदवार रेनु दाहालले अग्रता मत अझै बढाएका छन् ।
स्थानीय तह निर्वाचन अत्तर्गत चिनवनको भरतपुर महानगरपालिकाको जारी मतगणनामा सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवार रेनुले अग्रता मत झनै बढाएका हुन् ।

पछिल्लो मतपरिणाम अनुसार रेनुले ४४ हजार ३०५ पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमाले–राप्रपा गठबन्धनका उम्मेदवार विजय सुवेदीले ३४ हजार १७९ मत पाएका छन् । विजयले पाएको मतभन्दा रेनुले पाएको मत १० हजार १२६ बढि हो ।
सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसबाट उपमेयर उम्मेदवार चित्रसेन अधिकारीले पनि अग्रता झनै बढाएका छन् ।
कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ४५ हजार ५६८ मत पाएका छन भने राप्रपाका उम्मेदवार हिमला गुरुङले २७ हजार ०४६ मत पाएका छन् । गुरुङले पाएको भन्दा अधिकारीले पाएको मत १८ हजार ४२२ बढि हो ।










