Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

खाेटाङमा मुख्यनेताकै पालिकाहरुमा अन्य दलकाे विजय

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 22, 2022
18 shares

खाेटाङ।खोटाङमा विभिन्न दलका नेताको वडा तथा पालिकामा फरक दलका उम्मेदवार बिजयी भएका छन् । एमाले प्रमुख सचेतक बिशाल भट्टराईको गृह–पालिका खोटेहाङ गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

खोटेहाङमा माओवादी केन्द्रका उदिमबहादुर राई अध्यक्ष र कांग्रेसका रुपेश राई उपाध्यक्षम विजयी भएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमाले विजयी भएको सो गाउँपालिकामा एमालेका अध्यक्षका उम्मेदवार कविता राई र उपाध्यक्षका उम्मेदवार राजन बञ्जरा पराजित भएका छन् ।

 

उदिमबहादुरले ३७२८ र कविताले ३६९० मत पाए । विजयी रुपेशले ३७६३ र राजनले ३३१० मत पाएका छन् । भट्टराईको गृहवडा खोटाङबजारमा भने एमालेका शिवप्रसाद फुयाल विजयी भएका छन् ।

कांग्रेस प्रदेश १ का महामन्त्री भुपेन्द्र राईको गृहपालिकामा कांग्रेसकै उम्मेदवार पराजित भएका छन् । कांग्रेसका उम्मेदवार नइन्द्र राईलाई ६४१ मतले पछि पार्दै एमालेका लोकेन्द्र राई अध्यक्षमा विजयी भएका छन् ।

लोकेन्द्रले २८०३ र नइन्द्रले २१६२ मत पाएका छन् । उपाध्यक्षमा पनि एमालेकै अरुणा थापा मगर २७३३ मत पाएर विजयी बनेकी छन् । उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसकी रमा कट्वालले २३१२ मत पाएका छन् । सो पालिकामा २०७४ को निर्वाचनमा भुपेन्द्र अध्यक्षमा विजयी भएका थिए ।

माओवादी केन्द्रका नेता एवं प्रदेश १ का खानेपानी, सिँचाई तथा उर्जा मन्त्री रामकुमार राईको गृहपालिका साकेला गाउँपालिकामा माओवादी केन्द्रका अर्जुनकुमार खड्का पराजित भएका छन् ।

उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार बिर्सिका राई विजयी हुँदा खड्का भने कांग्रेसका रबिप्रकाश राईभन्दा पछि परेका हुन् । रबिप्रकाशले १८५० मत ल्याउँदा खड्काले १७७२ मत पाएका छन् ।

खड्का निवर्तमान अध्यक्ष पनि हुन् । यस्तै, बिर्सिकाले २०१२ मत पाउँदा उनका निकटतमप्रतिद्धन्द्धी कांग्रेसका सरिता खड्काले १२२४ मत ल्याएका छन् । उनको गृहवडा रतन्छामा एमालेका जितेन्द्रकुमार राईसँग माओवादी केन्द्रका गौतम राई पछि पारिएका छन् ।

नेकपा एकीकृत समाजवादीका नेता एवं प्रदेश १ का सामाजिक बिकास मन्त्री राजन राईको गृहपालिका केपिलासगढी गाउँपालिकामा कांग्रेससँग नेकपा एकीकृत समाजवादीका उम्मेदवार पराजित भएका छन् ।

नेकपा (एस)का माईतीराज राईलाई पछि पार्दै कांग्रेसका समिर राई अध्यक्षमा विजयी भएका हुन् । समिरले २२४४ मत पाउँदा माइतीराजले १८०८ मत पाए । उपाध्यक्षमा जनता समाजवादीका उम्मेदवार गुरुराज राई विजयी भएका छन् ।

उनले १९८३ मत प्राप्त गरेका छन् । उपाध्यक्षका निकटतम प्रतिद्धन्द्धी एमालेकी मैयाँ सुनुवारले १७६१ मत पाएका छन् । राईको गृहवडा बासपानीमा भने नेकपा (एस)का तुलाराम राई विजयी भएका छन् ।

एमाले नेतृ एबं प्रदेश १ का पुर्वसामाजिक विकास मन्त्री उषाकला राईको वडामा एमाले पराजित भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा एमालेका डिल्लीकुमार राईलाई माओवादी केन्द्रका खगेन्द्र राईले हराएका छन् । डिल्लीकुमार निवर्तनमा वडाध्यक्ष हुन् ।

कांग्रेस जिल्ला सभापति बिष्णुकुमार राईको वडा दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुमा एमालेका भुपेन्द्र बस्नेत विजयी भएका छन् । बस्नेतले ३९५ मत पाउँदा कांग्रेसका महेन्द्र राईले २५५ र माओवादी केन्द्रका उम्मेदवार अजम्बर राईले २७८ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

त्रियुगा नगर इसाई समाजको आफ्नै भवन उद्घाटन, सांसद बुर्जाले भने...

  • September 18, 2026

रसुवा बाढीपीडितका लागि उदयपुर इसाई समाजको ३ लाख ३२ हजार सहयोग

  • September 18, 2026

ऋण असुलीबाट समस्याग्रस्तका ५ सहकारीका १३५ जना बचतकर्ताले पाए र...

  • September 18, 2026

सानोठिमीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री अरुणको मृत्यु

  • September 18, 2026

लौहपुरुष गणेशमान सिंहको २९औँ स्मृति दिवस आज

  • September 18, 2026

राष्ट्रसंघ महासभामा सहभागी हुन इरानी राष्ट्रपति र विदेशमन्त्री...

  • September 18, 2026

आजका लागि विदेशी मुद्राको विनिमय दर

  • September 18, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved