काठमाडौँ । कास्कीको पोखरा महानगरपालिकामा गठबन्धनका साझा मेयर पदका उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राखेका छन् ।
नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार रहेका आचार्यले ३३ हजार १०० मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापाले २९ हजार ६५८ मत पाएका छन् ।

यस्तै, उपमेयरमा भने एमालेकी मञ्जु गुरुङले ३३ हजार ९०५ मत ल्याउँदै ३३४ मतको अग्रता बनाएका छन् भने काग्रेसकी रानाभाटले ३३ हजार ५७१ मत ल्याएका छन् ।










