काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालोन साहले अग्रता कायमै राखेका छन् । शनिबार बिहान १० बजेसम्ममा उनले ३३६३४ मत प्राप्त गरेका छन् ।
उनलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन् । तर, स्थापित बालेन भन्दा १५, ४५१ मत पछाडि रहेका छन् । स्थापितले अहिलेसम्म १८१८९ मत पाएका छन् ।

गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका सिर्जना सिंहले सिर्जनाले स्थापितसँग मतान्तर घटाउँदै आएका छन् । सिर्जनाले अहिलेसम्म १८०५४ मत पाएका छन् । यस प्राप्त मतअनुसार स्थापितभन्दा सिर्जना १३५ मतले पछाडि परेका छन् ।
काठमाडौं महानगरमा अहिलेसम्म वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, २४, २५, २६, १७, १८, २९, ३०, ३१ र ३२ मा गणना भएको छ । हालसम्म अन्तिम मतपरिणाम घोषणा भइसकेका वडाहरूमा १, २, ३, ४, ५, ६, २८, २९, ३० र ३२ रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका शाखा अधिकृत प्रेमकुमार श्रेष्ठ जानकारी दिए ।










