काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाको मेयरमा नेकपा एमालेका हरिगोविन्द श्रेष्ठ विजयी भएका छन् ।
श्रेष्ठले ९ हजार ३ सय ५० मत ल्याउँदा निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका शिवप्रसाद कट्टेलले ५ हजार ६ सय ५८ मत प्राप्त गरे ।
उपमेयरमा भने कांग्रेस विजयी भएको छ । एमाले उम्मेदवार विणा सुवेदीलाई पराजित गर्दै कांग्रेसका लक्ष्मी महर्जन उपमेयर निर्वाचित भइन् ।
महर्जनले ९ हजार ५ सय ९१ र सुवेदीले ८ हजार ६ सय ८३ प्राप्त गरे ।











