काठमाडौं । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष असिम राईले आफ्नो कार्यकालभर राज्यबाट पाउने सुविधा वापतको रकम खर्चेर एक जनालाई एमबीबीएस पढाउने भएका छन् ।
माओवादी केन्द्रबाट निर्वाचित राईले पदभार ग्रहण गर्दै यस्तो घोषणा गरेका हुन् । पालिकाबासीहरुको सेवाका लागि उनीहरुले आफुलाई चुनेको भन्दै उनले भने,‘कार्यकाल भरी पालिका अध्यक्षको रुपमा प्राप्त हुने सबै सेवा सुविधा गाउँपालिका भित्रका गरिब तथा जेहनदार बिद्यार्थी मध्ये १ जनालाई डाक्टर पढाउन खर्च गर्नेछु ।’

गाउँपालिकाको अध्यक्षमा ४ हजार ४९ मत सहित उनी निर्वाचित भएका थिए । यो उनको दोस्रो कार्यकाल हो । यसअघि पनि उनी नै निर्वार्चित बनेका थिए ।










