काठमाडौं । काठमाडौं महानगरपालिकामा मतगणना भइरहेको छ । पछिल्लो मतपरिणामअनुसार बालेन शाहले दोस्रो स्थानमा रहेका केशव स्थापितसँग झण्डै ११ हजार मतको अग्रता कायम गरिरहेका छन् ।
यो दिउँसो २ः५५ सम्मको गणनाको परिणाम अनुसरा एमालेका स्थापितभन्दा बालेन १० हजार ८ सय ५१ मतले अगाडि छन् । शाहले २३ हजार १९५ मत ल्याउँदा स्थापितले १२ हजार ३४४ मत प्राप्त गरेका छन् ।

यता तेस्रो स्थानमा रहेकी कांग्रेस उम्मेदवार सिर्जना सिंहले ११ हजार ४४२ मत ल्याएकी छन् । त्यस्तै हलोले २ हजार ३७१ मत ल्याएको छ ।
उपमेयरतर्फ भने एमाले उम्मेदवारको मतान्तर निकै बढी छ । सूर्यले २३ हजार १७ मत ल्याइसक्दा लौरोले २ हजार ४४८, कलमले ७३७३, हलोले ५१६८ मत ल्याएको छ ।










