Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

जुम्लामा एमाले क्लीन स्वीप

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 19, 2022
6 shares

काठमाडौं । जुम्लामा नेकपा एमाले क्लीन स्वीप भएको छ । विहीबार बिहान सकिएको मतगणना अनुसार एमालेले यहाँका कुनै पनि पालिकाको प्रमुख र उपप्रमुख जित्न सकेन ।

त्यति मात्रै होइन कुनै पनि पालिकामा एमाले उम्मेदवार निकटतम प्रतिद्वन्द्वीसमेत हुन सकेनन् । ८ पालिकामध्ये नेपाली कांग्रेसले ५ र नेकपा माओवादी केन्द्रले २ पालिकाको प्रमुख जितेका छन् । एउटामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

जिल्लाको एकमात्र नगरपालिका चन्दननाथको मेयरमा स्वतन्त्र उम्मेदवार राजुसिङ कठायत निर्वाचित भएका छन् । कठायतले २ हजार ४ सय ३ तथा पराजित काग्रेसका पदमबहादुर शाहीले २ हजार ३ सय ४१ मत प्राप्त गरे । उपमेयरमा कांग्रेसका रामदेवी खड्का निर्वाचित भइन् ।

कनकासुन्दरी गाउँपालिका अध्यक्षमा कांग्रेसका दामोदर प्रसाद आचार्य २ हजार ८ सय ६ मतसहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका धनबहादुर रावतले २ हजार ५ सय ६३ मत प्राप्त गरे । यहाँको उपाध्यक्षमा कांग्रेसकै प्रेमकली बुढा विजयी भइन् ।

यस्तै सिंजा गाउँपालिका अध्यक्षमा माओवादीका पूर्णप्रसाद धिताल विजयी भएका छन् । उनले १ हजार ९ सय ४१ मत प्राप्त गरे । दोस्रो भएका कांग्रेसका नन्दराम बुढाले १ हजार ८ सय ३१ मत पाए । उपाध्यक्षमा पनि सिरली रोकाया निर्वाचित भएकी छन् ।

हिमा गाउँपालिका अध्यक्षमा कांग्रेसका लक्ष्मण बहादुर शाही र उपाध्यक्षमा कांग्रेसकै सुपर्ना शाही निर्वाचित भएका छन् । दुवैले क्रमशः १ हजार ८ सय ७२ र १ हजार ५ सय १८ मत प्राप्त गरे ।

तिला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद माओवादीले जितेको छ । अध्यक्षमा मोतिलाल रोकाया  (१९३६ मत) उपाध्यक्षमा गोरिकला बोहोरा (२०२२ मत) निर्वाचित भएका हुन् ।

तातोपानी गाउँपालिका अध्यक्षमा कांग्रेस उम्मेदवार नन्दप्रसाद चौलागाई निर्वाचित हुँदा उपाध्यक्ष माओवादीका रेवती रावलले जितेकी छन् । चौलागाईले २ हजार ३ सय २० मत र रावलले १ हजार ७ सय ५८ मत ल्याए ।

यस्तै पातारासी गाउँपालिका अध्यक्षमा कांग्रेसका पूर्णसिङ बोहोरा २ हजार ७ सय ६८ मतसहित विजयी हुँदा उपाध्यक्षमा माओवादीका जनमाया रोकायाले २ हजार ७ सय २५ मत ल्याएर विजयी भइन् ।

गोठिचौर गाउँपालिकाको अध्यक्ष कांग्रेस र उपाध्यक्ष नेकपा एकिकृत समाजवादीले जितेका छन् । अध्यक्ष निर्वाचित दानबहादुर बुढाले १ हजार ७ सय ७५ र उपाध्यक्ष शान्ती कुमारी मल्ल भन्डारीले १ हजार ५ सय ३ मत ल्याए ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

त्रियुगा नगर इसाई समाजको आफ्नै भवन उद्घाटन, सांसद बुर्जाले भने...

  • September 18, 2026

रसुवा बाढीपीडितका लागि उदयपुर इसाई समाजको ३ लाख ३२ हजार सहयोग

  • September 18, 2026

ऋण असुलीबाट समस्याग्रस्तका ५ सहकारीका १३५ जना बचतकर्ताले पाए र...

  • September 18, 2026

सानोठिमीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री अरुणको मृत्यु

  • September 18, 2026

लौहपुरुष गणेशमान सिंहको २९औँ स्मृति दिवस आज

  • September 18, 2026

राष्ट्रसंघ महासभामा सहभागी हुन इरानी राष्ट्रपति र विदेशमन्त्री...

  • September 18, 2026

आजका लागि विदेशी मुद्राको विनिमय दर

  • September 18, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved