काठमाडौं । चितवनको भरतपुर महानगरपालिका प्रमुख पदमा गठबन्धनकी उम्मेदवार रेनु दाहालले अग्रता झन बढाउँदै लगेकी छन् । अहिले महानगरअन्तर्गत वडा नम्बर ७ को मत गणना जारी छ ।
हालसम्म २८ हजार ६ सय ४३ मतगणना भइसकेको छ । रेनुले १० हजार ४ सय ४९ मत ल्याएकी छन् । नेकपा एमालेका विजय सुवेदीले ८ हजार ५ सय ९७ मत पाएर पछ्याइरहेका छन्। यी दुईजनाबीच १८ सय ५२ मतको फरक देखिएको छ ।

यस्तै उपप्रमुखमा गठबन्धनकै कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले १२ हजार ४ सय ९६ मत ल्याएका छन् । उनलाई राप्रपाको उम्मेदवार हिमला गुरुङले ६ हजार ९ सय ९२ मत ल्याएर पछ्याइरहेकी छन् ।
७ नम्बर वडा अध्यक्षमा नेकपा एकीकृत समाजवादी पार्टीले अग्रता लिएको छ । एकीकृत समाजवादीका राजेन्द्रमणि काफ्लेले ४ सय ९२ मत ल्याउँदा एमालेका सनतकुमार लामिछानेले ४ सय मत ल्याएर पछ्याइरहेका छन् । उक्त वडामा १२ सय मत गणना भइसकेको छ। ७ मा ४ हजार ६ सय ४१ मत खसेको छ ।










