काठमाडौँ। कास्कीको पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादीले फाकिलो अग्रता कायम गरेको छ ।
पाँच दलीय गठबन्धनबाट नेकाप एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्यले १९५९ मतको अग्रता लिएको छ ।
पछिल्लो मतपरिणामअनुसार आचार्यले १५ हजार २८८ मत पाएका छन् ।

आचार्यका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर थापाले हालसम्म १३३२९ मत प्राप्त गरेका छन् ।
पोखराको उपमेयरमा पनि गठबन्धनले नै अग्रता लिएको छ । गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका कोपिला रानाभाटले १५५९५ मत पाएका छन् । निकटतम प्रतिस्पर्धी मञ्जुदेवी गुरुङले १५२२५ मत पाएका छन् ।










