Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

विभाजनको मार खेप्दै एमाले

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 17, 2022
84 shares

काठमाडौं । विधि र विधानको अधिनस्थ हुनुपर्ने कम्युनिष्ट पार्टीलाई केपी शर्मा ओलीले व्यक्तिवादी बनाएपछिको परिणाम नेकपा  (एमाले) ले स्थानीय तह निर्वाचनमा ठूलो क्षति व्यहोरिरहेको छ ।

देश भर जारी मतगणना तथा आएका मतपरिणाममा एमालेले ०७४ को निर्वाचनमा प्राप्त गरेका ४० प्रतिशतभन्दा बढी उपलब्धि ०७९ को स्थानीय तह निर्वाचनमा जोगाउन नसकेको देखिन्छ ।

एमाले विभाजन भएर माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी स्थापना गरेपछि एमालेलाई देशैभर क्षति पुगेको छ । स्थानीय तह निर्वाचनमा एक्लैले बहुमत ल्याउने घोषणा गरेका ओलीले मतगणना जारी हुँदैगर्दा अस्ती आइतबार धाँधली भएको हाँस्यास्पद विज्ञप्ति जारी गरेका छन् ।

निर्वाचनअघि नै क्षतिको पूर्वानुमान गर्दै घनश्याम भुसालसहितका नेताहरूले वामपन्थी गठबन्धनको कुरा उठाएका थिए । तर, एमाले अध्यक्ष ओलीले ‘फजुल कुरा गरेर समय बर्बाद नगरौं’ भन्दै भुसालहरूका कुरालाई वेवास्ता गरेका थिए । अहिले परिणामले एमाले क्रमशः सकिँदै–सकिँदै जाँदा अध्यक्ष ओलीको मुख बन्द छ । पृथ्वीसुब्बा गुरुङसहितका नेताहरुले विभाजनको असरले पार्टी पराजयको शिकार भएको स्वीकार गरिरहेका छन् ।

स्थानीय तह निर्वाचनमा एमालेबाट विभाजित भएको एकीकृत समाजवादीले कतिपय ठाउँमा उम्मेदवार उठाएको छैन । तर, ती ठाउँमा पनि एमालेलाई क्षति पुगिरहेको छ । पार्टीमा छाएको निराशाबीच निर्वाचन झेल्नुपर्ने, त्यसमाथि पार्टीका योग्य र इमान्दार नेता–कार्यकर्ता पार्टी बाहिर रहेका कारण एमालेले यस्तो दुर्गती व्यहोर्नुपरेको नेताहरु बताउँछन् ।

पूर्वमा ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटामा एमाले पराजित भएको छ । पूर्वबाटै एमालेले विरासत गुमाउने क्रमले सुदूरपश्चिमसम्मै निरन्तरता पाएको छ ।

अघिल्लो निर्वाचनमा एमालेले अरु पार्टीलाई क्लिन स्वीप गरेको धनकुटामा यसपटक किल्ला तोडिएको छ । तानसेन नगरपालिकामा यसपटक एमाले बढारिने अवस्था बनेको छ ।

इलामको सूर्योदय नगरपालिकामा एमालेको विरासतलाई एकीकृत समाजवादीले तोड्दैछ । अघिल्लो निर्वाचनमा १२ हजार ९ सय १९ मतका साथ जितेको एमालेका मेयर रनबहादुर राईले नै यसचोटि एकीकृत समाजवादीको तर्फबाट पूर्वमा पहिलो नगरपालिका जित्ने कीर्तिमान कायम गर्दैछन् ।

पूर्वको एकमात्र महानगर विराटनगरमा फेरि पनि एमाले पराजित हुँदैछ । दुई उपमहानगरमध्ये धरानमा एमाले दोस्रो स्थानका लागि संघर्ष गरिरहेको छ । कहिल्यै पनि वामपन्थीले नहारेको धरानको इतिहासमै यसपटक एमालेप्रति विकर्षण बढ्दा त्यस्तो दुर्गती व्यहोर्नुपरेको हो ।

त्यहाँ मेयरमा सत्ता गठबन्धनतर्फका कांग्रेस उम्मेदवार अगाडि छन् भने उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार अगाडि आएका छन् ।

अर्को उपमहानगर इटहरीमा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसले मेयरमा अग्रता लिएको छ । इटहरी पनि एमालेले जित्दै आएको पालिका हो ।

रौतहटको गौर नगरपालिकाको मेयरमा एकीकृत समाजवादीका शम्भु साहको अग्रताले त्यहाँ एमालेको सम्पूर्ण गुञ्जायस समाप्त भएको छ ।

०७४ को निर्वाचनमा साह एमालेबाट २९ सय ४९ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी भएका थिए । यसपटक लोसपाका पुरानै प्रतिस्पर्धी अजय गुप्तालाई भारी मतान्तरका साथ जित्ने तरखर गर्दैछन् । त्यहाँको उपमेयरमा पनि एकीकृत समाजवादीका शैलकुमारी साह अगाडि छन् । वडा नं। १ मा एकीकृत समाजवादीका लालबाबु चौधरीले वडाध्यक्ष जितिसकेका छन् ।

बागमती प्रदेशको उपमहानगरमध्ये हेटौंडामा एमालेका मीनाकुमारी लामाको अग्रतासँगै एमाले तेस्रो स्थानमा पुगेको छ । अहिले हेटौंडामा एमाले दोस्रो स्थानमा पुग्नका लागि संघर्ष गर्दै छ । मकवानपुरको एमाले गढ मानिने कैलाश र मनहरी गाउँपालिकामा एमालेले पराजय व्यहोरिसकेको छ ।

पोखरा महानगरमा मेयरका उम्मेदवार धनराज आचार्यको अग्रता बाक्लिँदै गएको छ । पाँचदलीय गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका आचार्य मेयर र कांग्रेसका कोपिला रानाभाट उपमेयरमा अगाडि छन् ।

बुटवल उपमहानगरमा एमाले मात्रै साफ हुँदै छैन, नेताहरुले बोकेका स्थानीय कार्यकर्ताबीचमै मारामार चल्न थालेको छ । एमाले महासचिव शंकर पोखरेलको हठका कारण मेयरको उम्मेदवार बनाइएका बाबुराम भट्टराई प्रतिस्पर्धामा तेस्रो स्थानमा छन् ।

०७४ मा मेयर, उपमेयर जितेको उक्त उपमहानगरमा यसपटक एमाले निक्कै तल झर्नुका पछाडि व्यक्तिवादी कार्यशैली प्रमुख कारक रहेको स्थानीय एमालेहरू बताउँछन् ।

त्यहाँको वडा नं। २ मा एकीकृत समाजवादीका सुनिल शाक्य प्यानलसहित वडाध्यक्ष निर्वाचित भइसकेका छन् ।
बुटवलमात्र नभई रुपन्देही जिल्लाभरिमै एमालेले पुरानो विरासत गुमाइसकेको छ । पाल्पा र गुल्मीमा पनि अघिल्लो निर्वाचनमा प्राप्त मतपरिणामलाई एमालेले जोगाउन सकेको छैन ।

कर्णाली प्रदेशका अधिकांश पालिकामा एमालेले पुरानो विरासत गुमाइसकेको छ । एमालेले जितेका पालिकाहरूमा माओवादी, एकीकृत समाजवादी र नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।

एमालेले विरासत गुमाइरहेको अर्को प्रदेश हो, सुदूरपश्चिम । एमाले सचिव लेखराज भट्टकै वडामा एमाले पराजित भएको छ । ०७४ मा माओवादीले जितेको कैलालीको गोदावरी नगरपालिका वडा नं। १ मा अहिले कांग्रेसले जितेको छ । एमालेका उम्मेदवार भारी मतान्तरका साथ पराजित भए । पराजित हुने उम्मेदवार लेखराजका भतिजा हुन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

देउवा–गगन द्वन्द्व : कांग्रेसको संकट कहाँबाट आयो?

  • September 18, 2026

त्रियुगा नगर इसाई समाजको आफ्नै भवन उद्घाटन, सांसद बुर्जाले भने...

  • September 18, 2026

रसुवा बाढीपीडितका लागि उदयपुर इसाई समाजको ३ लाख ३२ हजार सहयोग

  • September 18, 2026

ऋण असुलीबाट समस्याग्रस्तका ५ सहकारीका १३५ जना बचतकर्ताले पाए र...

  • September 18, 2026

सानोठिमीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री अरुणको मृत्यु

  • September 18, 2026

लौहपुरुष गणेशमान सिंहको २९औँ स्मृति दिवस आज

  • September 18, 2026

राष्ट्रसंघ महासभामा सहभागी हुन इरानी राष्ट्रपति र विदेशमन्त्री...

  • September 18, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved