खाेटाङ।खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा गाउँपालिका अध्यक्षमा र उपाध्यक्षमै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार नइन्द्र राईलाई हराउदै गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्र राई र कांग्रेसकी उम्मेदवार रमा कटुवाललाई हराउदै उपाध्यक्षमा अरुणा थापामगर विजयी भएका हुन् । २०७४ सालकाे स्थानिय निर्वाचनमा नेपाली काँग्रेसले जित हासिल गरेकाे उक्त पालिका नेपाली काग्रेस जिल्ला सभापति तथा पुर्व जिबिस सभापति समेत रहेकाे बिष्णु राईकाे पकड स्थान समेत मानिएकाे पालिका हाे। यस्तै, वि्श्वभरि माहामारिकाे रुपलिएकाे काेभिडकाे समयमा आफ्ना पालिकाका नागरिककाे लागि गाडिकाे अभावहुँदा आफ्नाे पिठ्युँमा संक्रमित नागरिकलाई बाेकेरै सेवा गरेका तत्कालिन पालिका आध्यक्ष भुपेन्द्र राईले काँग्रेसबाट उमेदवारि टिकट नपाउन पनि याे पालिका नेपाली काँग्रेसकाे पाेल्टामा जित न भएकाे हुनसक्ने आँकलन छ।










