खोटाङ । खोटाङको नेर्पाको वडाध्यक्षमा माधब राई पुनः निर्वाचित भएका छन् । २०७४ सालको स्थानीय तह सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका राई फेरि वडाध्यक्षमा विजयी भएका हुन् । अन्तिम मतगणना अनुसार राईले ६०१ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका हुन् ।
यस वडामा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले गठबन्धन गरेको थियो । राईको प्यानलमा महिला सदस्य लक्ष्मी राईले ६१९, दलित महिला सदस्य गिता नेपाली रोकाले ६३७, खुल्ला पुरुष वडा सदस्य लोकेन्द्र राईले ५४९ र चेतनाथ आचार्यले ५१६ मत प्राप्त गरेर विजयी भएका छन् ।

यस्तै, वडाध्यक्षका प्रत्यासी एमालेका चित्र राईले ५४१, कांग्रेसका हरिभक्त राईले ११७ र राप्रपाका इन्द्रप्रसाद रिजालले ५७ मत ल्याएका छन्










