खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ मा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका खगेन्द्र राई वडाअध्यक्षमा ४७९ मतसहित निर्वाचित भएका हुन् ।
खुल्ला वडा सदस्यमा एमालेका सिताराम घिमिरे विजयी भए भने, अन्य माओवादी केन्द्रका सीता बिक, सुवती राई (सानु), भुपराज श्रेष्ठ वजयी भएका छन् ।

यस्तै वडाध्यक्षका प्रत्यासी डिल्लीकुमार राईले ३८५, कांग्रेसका रामचन्द्र केसीले २१६ र राप्रपाका नन्द बहादुर बस्नेतले १९५ मत पाएका थिए ।










