काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गौतम बुद्ध नेपालमै जन्मेको स्वीकार गरेका छन् । बुद्धपूर्णिमाको अवसरमा गौतम बुद्धको जन्मथलो लुम्बिनी आएका मोदीले बुद्ध नेपालमै जन्मेको स्वीकार गरेका हुन् ।
पछिल्लो वर्षहरुमा भारतीय पक्षले बुद्ध भारतमा जन्मेको भनिरहेको बेला मोदीले बुद्ध नेपालमै जन्मेको बताएका हुन् ।

लुम्बिनीमा आयोजित सभालाई सम्बोधन गर्दै मोदीले भने, ‘भगवान गौतम बुद्धको जन्मथलो लुम्बिनी आइपुग्दा अत्यन्तै आनन्द महशुस गरेको छु, बुद्ध नेपालमा जन्मेका हुन्, त्यसैले यो पवित्र भूमी हो ।’ मोदीले हरेपटक नेपाल आउँदा राजनीतिक भ्रमणमा आएजस्तो नलाग्ने बताए ।










