काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्र र एमालेबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
पछिल्लो मत परिणाम अनुसार माओवादी केन्द्रकी रेनु दाहाल ७३ मतले पछि पारेकिछिन्। उनलाई एमालेका उम्मेदवार विजय सुवेदीले पछि पारेका छन् ।

पछिल्लो मत परिणाम अनुसार सुवेदीले ४ हजार ६ सय २५ मत ल्याएका छन् भने माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ४ हजार ५ सय ५२ मत प्राप्त गरेकिछिन् । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ४० मत प्राप्त गरे ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीको अग्रता छ । उनले ५ हजार ३ सय ९५ मत प्राप्त गरेका छन् ।










