काठमाडौं । कालीकोटको पलाता गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका विष्णुबहादुर रोकाया विजयी भएका छन् । उपाध्यक्षमा पनि माओवादी केन्द्रकै अलै पूरा जैसी विजयी भएका छन् ।
यस पालिकामा अधिकांस वडा माओवादी केन्द्रले जित हासिल गरेको छ । तिलागुफा नगरपालिकामा प्रमुखमा कांग्रेसका शंकर उपाध्याय र उपप्रमुखमा एमालेका महेन्द्रबहादुर शाही विजयी भएका छन् ।











