खोटाङ। खोटाङको रावाबेसी गाउँपालिका-३ लामिडाडाको वडाध्यक्षमा एमालेका उम्मेदवार बिरेन्द्र मगर विजयी भएका छन् । मगरले निकटतम प्रतिद्वन्दी बिदुर खतिवडालाई ४३ मतले पछि पार्दै जित हातपारेकाे हो।
वडाध्यक्षमा निर्वाचित मगरले ७०७ र खतिवडाले ६६४ मत ल्याएका छ्न। खतिवडा २०७४ को स्थानीय चुनावबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।











