खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरक्बुमा नेकपा एमाले विजयी भएको छ ।
एमालेका उम्मेदवार वडाध्यक्षमा भुपेन्द्र बस्नेतले ३९५ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका अजम्बर राईलाई ११७ मतले पछि पार्दै एमालेका बस्नेतको प्यानलै निर्वाचित भएको हो । एमालेले चारै जना सदस्यहरु पनि जितेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै, खुल्ला महिला सदस्यमा कृष्ण कुमारी राईले ३१७, दलित महिला सदस्य कुमारी माया सुयल ३१८, खुल्ला सदस्य बदिराम राई ३३३, खुल्ला सदस्य भुपाल राईले ३७१ मत प्राप्त गरेर बिजय भएका हुन् । ३३ बर्ष सम्म शिक्षक पेशालाई राजिनामा दिएर उम्मेदवार बनेका बस्नेत उनको प्यानल नै बिजयी भएको हो । file photo










