खोटाङ । खोटाङको साकेला गाउँपालिका–५ मात्तिममा कांग्रेसका उम्मेदवार जीवन न्यौपाने (खत्री) विजयी भएका छन् ।
उनले १९७ मत प्राप्त गरे भने निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका सन्तोष राईले १७३ मत पाएका छन् ।
घोषित मतपरिणाम अनुसार न्यौपानेको प्यानलबाट जयप्रकाश कट्वाल, हरिहर ढकाल र महिला सदस्य निर्मला राई विजयी भएका छन् । त्यस्तै दलित महिला सदस्य कबिता बिक भने एमालेकातर्फबाट विजयी भएका छन् ।

२०५० कात्तिक २६ मा जन्मिएका न्यौपानेले नेबिसंघको सरस्वती माबि मात्तिमको इकाइ सदस्य बनेर २०६६ सालदेखि राजनीतिक यात्रा सुरु गरेका थिए ।
उनी नेबिसंघको जिल्ला सदस्य, जिल्ला उपाध्यक्ष हुँदै केही समयअघि भएको कांग्रेसको १४ राष्ट्रिय महाधिबेसनमा प्रदेश प्रतिनिधि बनेका थिए ।










