Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

काठमाडौंमा बालेन अघि-अघि, ५ महानगरमा गठबन्धनको अग्रता

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 15, 2022

काठमाडौं । देशभरका स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । यसैबीच ६ महानगरपालिकामध्ये ५ वटामा सत्तारुढ दलका उम्मेदवारले अग्रता लिइरहेको छ ।

काठमाडौं महानगरपालिकामा भने स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम राखेका छन् । अरु ५ वटा महानगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । महानगरपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन बनेको हो ।

गठबन्धनका उम्मेदवारले भरतपुर, पोखरा, ललितपुर, विराटनगर र वीरगंज महानगरपालिकामा अग्रता लिइरहेका छन् । नेकपा एमालेका उम्मेदवार भने ६ वटै महानगरपालिकामा दोस्रो स्थानमा छ ।
महानगरको उपप्रमुखको हकमा भने एमालेले काठमाडौं, ललितपुर र विराटनगरमा अग्रता लिइरहेको छ ।

काठमाडौं महानगरको मेयरमा बालेन साहले २०७१ मत ल्याएर अग्रता लिइरहेका छन् भने एमालेका केशव स्थापितले ११६४ मत ल्याउँदै पछ्याइरहेका छन् । नेपाली कांग्रेसकी सिर्जना सिंह १००६ सहित तेस्रो स्थानमा छन् ।

काठमाडौ महानगर
काठमाडौंको उपप्रमुखमा भने एमालेले अग्रता लिइरहेको छ । एमालेकी सुनिता डंगोलले २००० हजार मत ल्याउँदा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका राजेश्वर श्रेष्ठ ५८० मतसहित दोस्रो स्थानमा छन् । त्यस्तै राप्रपाकी बिनिता मगैयाले ५१३ मत पाएकी छन् ।

ललितपुर महानगर
ललितपुर महानगरमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चिरिबाबु मर्हजनले ८७७ मतसहित अग्रता लिइरहेका छन् । नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले ४०२ मतसहित दोस्रो स्थानमा छन् ।

महानगरको उपप्रमुखमा भने नेकपा एमालेकी मञ्जली शाक्यले ४४४ मत ल्याएर अग्रता लिइरहेकी छन् । गठबन्धनबाटै उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका बाबुराजा बज्राचार्य भने २६७ सहित दोस्रो स्थानमा छन् ।

भरतपुर महानगर
भरतपुरमा पनि सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ११७८ मत ल्याउँदै अग्रता लिइरहेकी छन् । नेकपा एमालेका बिजय सुवेदीले १०६८ मतसहित दाहाललाई पछ्याइरहेका छन् । उपप्रमुखमा पनि गठबन्धनबाट कांग्रेसका चित्रसेन अधिकारीले १२२६ मतसहित अग्रता लिइरहेका छन् । एमाले–राप्रपा गठबन्धनबाट राप्रपाकी हिमला गुरुङले ८३० सहित अधिकारीलाई पछ्याइरहेकी छन् ।

पोखरा महानगर
त्यस्तै पोखरा महानगरमा पनि सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता लिएका छन् । उनको मत ९२३ छ। एमालेका कृष्णबहादुर थापा ८०६ मतसहित दोस्रो स्थानमा छन् । उपप्रमुखमा पनि सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी कोपिला रानाभाटले अग्रता लिइरहेकी छिन् । उनको मत १०२८ छ। एमालेकी एमाले मञ्जुदेवी गुरुङले ९०४ ल्याएर पछ्याइरहेकी छन् ।

वीरगञ्ज महानगर
वीरगञ्ज महानगरमा प्रमुख र उपप्रमुख दुबैमा गठबन्धनको अग्रता छ । गठबन्धनबाट जनता समाजवादीका राजेशमान सिंहले १५०७ मत ल्याएर अग्रता लिइरहेका छन् । नेकपा एमालेका बिजयकुमार सरावगी ६६८ मतसहित सिंहलाई पछ्याइरहेका छन् । उप्रमुखमा नेपाली कांग्रेसका इम्तियाज आलमले ११०५ मत ल्याएर अग्रता लिइरहेका छन् । उनलाई लोसपाका पुरुषोत्तमलाल झाले १६० मतसहित पछ्याइरहेका छन् ।

विराटनगर महानगर
त्यस्तै विराटनगरमा पनि सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले अग्रता लिइरहेको छ । नेपाली कांग्रेसका नागेश कोइरालाले २५८३ मतसहित अग्रता लिइरहेका छन् । त्यस्तै नेकपा एमालेका सागरकुमार थापाले १९९० मत ल्याएर कोइरालालाई पछ्याइरहेका छन् ।

उपप्रमुखमा भने नेकपा एमालेकी शिल्पा कार्कीले १२१२ मत ल्याउँदै अग्रता लिइरहेकी छन् । सत्ता गठबन्धनबाट जनता समाजवादीका अमरेन्द्र यादवले ८८७ मतसहित कार्कीलाई पछ्याइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

खोटाङका लागि प्रदेश राजधानी सम्पर्क विभाग गठन, सविन आचार्य संयोजक

  • April 28, 2026

रोल्पामा दलित बालकमाथि साङ्घातिक आक्रमण, उद्धारकर्तामाथि पनि ह...

  • April 27, 2026

लखेटिएपछि ‘माफी’ मागे नेकपाका युवा नेता प्रजाले, अब बालेन सरका...

  • April 25, 2026

मनोहरा किनार खाली हुँदै: ८०% बासिन्दा आफैं सरे, बाँकी पनि सामा...

  • April 25, 2026

थापाथलीको सुकुमबासी बस्ती हटाइयो : अधिकांशसँग अन्यत्रै जग्गा र...

  • April 25, 2026

काहाँ काँहाँ छ सुकुमवासीका लागि तोकिएका अस्थायी बसोवासका ठाउँहरु

  • April 25, 2026

“विज्ञको सुझावमा चाँगुनारायणको ५ वर्षे मार्गचित्र: रास्वपाको ‘...

  • April 25, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved