खोटाङ । खोटाङको दिक्तेल रुपाकोट नगरपालिका १ बाट गठबन्धनका उम्मेदवारले खाता खोलेको छ । दस स्थानिय निकाय रहेको खोटाङमा गठबन्धन र एमालेको विभिन्न पालिकामा गठबन्धन बनेको थियो । वडा नम्मर १ बाट यस नगरपालिकामा गठबन्धनको विजयी सुरुवात गरेको हो ।
गठबन्धनका तर्फबाट ११७१ मत ल्याएर बिजयी भएका छन् भने ६७१ मतसहित एमालेका उमेदवारको प्यानल नै हार व्यहोर्नु परेको छ । यो ५०० मतान्तरले गठबन्धनले एमालेलाई हराएको हो ।

२०२२ मत खसेको मध्यबाट नगर प्रमुखका लागि गठबन्धनलाई ११३४ खसेको थियो भने उपप्रमुखलाई १११० साथै एमालेको नगर प्रमुखको लागि ७५९ र उपप्रमुखमा ६७० मत परेको थियो । १२९ मत बदर भएको बताइएको छ ।










