खोटाङ। खाेटाङकाे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१को हालसम्म गणना गरिएको मत १५४ मा नगर प्रमुखका लागि एमालेकाे सूर्य चिन्हमा ६०, नेपाली कांग्रेस रुख चिन्हमा ८१ राप्रपा हलो चिन्हमा ३ मत खसेको मुख्य निर्वाचन कार्यालय खाेटाङले जनाएको छ।

त्यसैगरी उपप्रमुखमा एमालेकाे सुर्य चिन्हमा ४६ गठबन्धन लदमा समावेश गाेलाकारभित्रको हसिया हथौड़ा चिन्हमा ८० छ भने राप्रपाको हलो चिन्हमा ७ मत खसेको जनाएकाे हाे।
यस्तै, वडा अध्यक्षका लागि सुर्य चिन्हमा ५२ रुख चिन्हमा ८५ कलमा २ र हलोमा ३ मत खसेको जनाइएको छ । 










