काठमाडौँ। जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार साहले दोब्बर मतको अग्रता लिएका छन् ।
वडा नम्बर १ को ७८० मत गनिसक्दा कांग्रेसबाट विद्रोह गरेका साहले २५९ मत ल्याउन सफल भएका छन् । नगर प्रमुखमा घण्टाघर चुनाव चिह्न लिएर उठेका उनले २५९ मत ल्याउँदा उनलाई पछ्याइरहेका एमालेका शिवशंकर साह (हिरा) ले १०५ मत ल्याएका छन् ।

यी दुईको मतान्तर १५४ को छ । तर, यहाँ निवर्तमान मेयर एवं जनता समाजवादी पार्टीका नेता लालकिशोर साह पाँचौँ स्थानमा खुम्चिएका छन् ।










