काठमाडौँ। रौतहटको बौधीमाईमा मतपेटिकामा आगजनी भएको छ ।
बौधीमाई नगरपालिका वडा नम्बर २ को इनरवा टोलमा जनता समाजवादी पार्टी र एमालेबीच झडप हुँदा ३ वटा मतपेटिका आगजनी भएको हो ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीका अनुसार झडप र आगजनि पछि इनरवा टोल अहिले तनावग्रस्त भएको छ । त्यस्तै वडा नम्बर ९ मा समेत विवाद भई मतदान स्थगित भएको उनले बताए ।










