काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका-१४ अर्खलाबासमा मतदाता बोकेको दुर्घटना भएको छ ।
स्थानीय निर्वाचनका लागि मतदाता ओसार्न प्रयोग गरिएको जीप दुर्घटना हुँदा कम्तीमा ११ मृत्यु छ भने ९ जना गम्भीर घाइते भएका छन् ।

तर, वालिङ प्रहरी कार्यालयले धनजनको क्षतिको विवरण भने आइनपुगेको जनाएको छ । जीप सडकबाट करिब १५० मिटर तल खसेको छ ।घाइतेहरुलाई उपचारका लागि वालिङ प्राथमिक स्वास्थ केन्द्रमा लगिँदैछ। घटनास्थलमा अहिले उद्धारकार्य चलिरहेको छ ।










